सुसाइड नोट लेखेर कोरियामा एक नेपालीले गरे आत्महत्या
![सुसाइड नोट लेखेर कोरियामा एक नेपालीले गरे आत्महत्या](https://annapurnapost.prixacdn.net/media/albums/death-586cef03992fc3-5935312d757e27.32301159_URtaX6TMB1.jpg)
सोल: दक्षिण कोरियाको थेगुस्थित एक कम्पनीमा कार्यरत नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन्। थेगुको ख्याङसान मेङ्जीन फोजाङमा कार्यरत गोरखाका २२ वर्षीय सुनिल अधिकारीले हिजो राती कम्पनी बाहिरको भर्याङमा झुण्डिएर आत्महत्या गरेको थेगुमा कार्यरत अनुराग लामाले जानकारी दिएका छन्।
आइतबार राति साढे दश बजेसम्म मृतक अधिकारी फेसबुकमा अनलाइनमा रहेका थिए। तर आज बिहान सात बजे मात्र कम्पनीको बाहिरपट्टीबाट माथिल्लो तलामा जाने फलामको भर्याङमा पासो लगाएर आत्महत्या गरेको अवश्थामा अधिकारीलाई त्यहाँ काम गर्ने साथीहरुले फेला पारेका थिए।
मृतक अधिकारीले फेसबुकमा अध्याँरो तश्विर राखेर आफु मानसिक तनाबमा परेको बताएको पनि लामाले बताएका छन्।झण्डै दुइ वर्ष अघि इपिएस मार्फत रोजगारीका लागि यहाँ आएका मृतक अधिकारीको रुममा उनको सुसाइड नोट पनि भेटिएको छ।
सुसाइड नोटमा आफ्नो परिवारलाई सम्बोधन गर्दै तनाबमा परेको उल्लेख छ भने मृतक अधिकारीले नेपालमा रहेको आफ्नो बैकमा रहेको रकम बहिनीलाई सुनको सिक्री बनाइदिन परिवारलाई आग्रह गरेका छन्।
थेगुमा नेपालीका लागि सेल्टर समेत सञ्चालन गर्दै आएका लामाका अनुसार अधिकारी हसिलो र फरासिलो व्यक्ति भएको र उनले आत्महत्या गरेको भन्दा आफू विस्वस्त हुन नसकेको छैन्। मृतक अधिकारी कार्यरत कम्पनीमा अन्य दश नेपाली पनि रहेका छन्। मृतक अधिकारीको शव अहिले पोष्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ।
यसैबीच राजधानी सोलस्थित नेपाली दुतावासले घटनाका बारेमा जानकारी आइसकेको र थप जानकारीका लागि बुधवार त्यसतर्फ जाने बताएको छ। अधिकारीको मृत्युको बारेमा नेपालमा रहेका उनका परिवारलाई जानकारी गराइएको दुतावासका उपनियोग प्रमूख किरण शाक्यले जानकारी दिन भएको छ।
कोरियामा लगाताकारको काम, पारिवारिक तथा विविध कारणले तनाबमा परी सन् २००८ यता दुइ दर्जन जतिले आत्महत्या गरिसकेका छन्। तनाब र डिप्रेसनमा जानबाट नेपालीलाई रोक्न नेपाली दुतावास र विभिन्न संघसंस्थाले बेला बेलामा कार्यक्रम गर्दै आएका छन्। यद्यपी आत्महत्या गर्ने क्रम भने रोकिएको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)