बुधबारदेखि काभ्रेको पनौतीमा फोटोजात्रा
काठमाडौं : काभ्रे जिल्लाको पनौतीस्थित लायकु वडा नम्बर ७ मा बुधबारदेखि फोटोजात्रा हुने भएको छ । पनौती जात्राको अवसर पारेर पनौतीको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । 'प्रमोटिङ कल्चर एन्ड हेरिटेज अफ पनौती' भन्ने मूल नारासाथ आयोजना हुन लागेको कार्यक्रम बुधबारदेखि शुक्रबारसम्म चल्नेछ।
पनौतीको इतिहास र त्यहाँका मौलिक कला तथा संस्कृतिलाई फोटोमार्फत प्रस्तुत गर्ने उद्देश्यले फोटोजात्रा सञ्चालन गर्न लागेको क्रमश: पनौतीका अध्यक्ष सुजेश श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार फोटोजात्रा आयोजनाको सफलतापछि यो कार्यक्रम हुन लागेको हो । क्रमश: पनौतीको आयोजनामा चैतमा फोटोजात्रा भएको थियो । उक्त फोटोजात्रामा सय वटा फोटो प्रदर्शनीमा राखिएका थिए ।
फोटोजात्रामा हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरिएको छ । एक सय २२ वटा फोटो प्रदर्शनीमा राखिने उक्त कार्यक्रममा सिनियर फोटो ग्राफर भरतकिरण श्रेष्ठ, फोटोग्राफर सुलभ श्रेष्ठ, जेराद टफिन, प्रशान्त श्रेष्ठ र जेनिश ताम्राकारले खिचेका फोटो हुनेछन् । कार्यक्रमको प्रमुख अतिथिमा सिनियर फोटोग्राफर मीनरत्न बज्राचार्यको उपस्थिति हुनेछ ।
पनौतीको विकास र प्रचार प्रसारका लागि काम गर्दै आएको क्रमश: पनौतीको स्थापना सन् २०१३ सालमा भएको हो । विभिन्न पेसामा आबद्ध युवाको समूह मिलेर खोलेको उक्त संस्थाले स्थापनादेखि नै पनौतीको कला, संस्कृतिलाई संरक्षण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !