इटहरीमा कांग्रेसको विवाद मिल्यो
इटहरी : पार्टीको केन्द्रीय समितिले मेयरको उम्मेदवार बनाएका रोहित प्रसाईंलाई सहयोग गर्ने विषयमा इटहरी कांग्रेसमा सहमती बनेको छ। यो सहमतीसँगै केही दिनयता इटहरी कांग्रेसमा देखिँदै आएको विवाद समाधान भएको छ।
प्रसाईलाई मेयरको उम्मेदवार बनाएपछि रामचन्द्र पौडेल समर्थकले विरोध गरेका थिए। पौडेललाई उम्मेदवार बनाउनुपर्ने माग राखेर उनीहरुले र्याली तथा कोणसभा गरेका थिए। तर, धरान उपमहानगर सँगको गुटगत तालमेलका कारण इटहरीमा पौडेलको पक्षमा माहोल बन्न सकेन।
छलफलमा पौडेलको योगदानलाई पार्टीले उच्च मूल्यांकन गर्ने सहमती समेत बनेको नेपाली कांग्रेसका एक नेताले खुलाए। विवाद समाधानसँगै दुवै पक्ष प्रसाईंको लागिभोट माग्दै हिड्न सहमत भएको बताइएको छ।