सेजमा विद्युत् पुर्‍याउन प्राधिकरणको ‘बेवास्ता’

सेजमा विद्युत् पुर्‍याउन प्राधिकरणको ‘बेवास्ता’

बुटवल : उद्योग दर्ता सुरु गरेको रूपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् पुर्‍याउन विद्युत् प्राधिकरणले बेवास्ता गरेको आरोप लगाइएको छ । सेज प्रशासनले प्राधिकरणले अटेरी गरेका कारण उद्योग सञ्चालनमा आउन नसकेको बताएको छ । विद्युत् भएको भए गत फागुनदेखि नै सेजभित्र उद्योगको संरचना निर्माण सुरु हुने तयारी थियो । प्राधिकरणले रूपन्देहीको सिक्टहन ग्रिडबाट विद्युत् पुर्‍याउने प्रतिबद्धता जनाए पनि कुनै काम नभएको सेजका उपसचिव सुन्दर थापाले बताउनुभयो ।

‘हामी कर्मचारी व्यवस्थापन गर्ने तयारीमा छौं, उद्योगी सेजमा जान तयार छन्, तर विद्युत् आएको छैन’, उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरिँयो ।’ मुलुककै पहिलो सेज बनेको लामो समय हुँदासमेत विद्युत्को समस्या समाधान हुन सकेको छैन । थ्रीफेज लाइन नपुग्दासम्म उद्योग सञ्चालन हुन सक्दैनन् ।

सेजमा सञ्चालन हुने उद्योग दर्ताका लागि दशदिन अघिदेखि प्रक्रिया सुरु भएको छ । सेजभित्र सञ्चालन हुने उद्योग सेजमै दर्ता गर्न सकिने गरी ऐन संशोधन भएपछि उद्योगले दर्ता फर्म लगेका छन् । ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६९ वटा प्लट छन् । तीमध्ये १९ वटा उद्योगले ६० वटा प्लट पाउनेगरी सम्झौता भएको छ । बाँकी नौवटा प्लटसमेत उद्योगीलाई सञ्चालनका लागि दिइनेछ । प्लटका लागि सम्झौता भए पनि विद्युत् नभएकाले काम रोकिएको हो ।

विद्युत् प्राधिकरणले असारसम्म सेजमा विद्युत् पुर्‍याउने लिखित प्रतिबद्धता जनाएको थियो । उपसचिव थापाले असारसम्म पनि विद्युत् आउने संकेत नदेखिएको बताउनुभयो । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका उपप्रबन्धक युवराज आचार्यले सेजमा विद्युत् पुर्‍याउनका लागि सिक्टहनमा सबस्टेसन निर्माण र पोल गाड्ने काम सुरु भएको बताउनुभयो ।

सेजमा विद्युत् पुर्‍याउनका लागि दुईवटा योजना पूरा हुनुपर्छ । वल्र्ड बैंकको सहयोगमा सञ्चालित जोगिकुटीदेखि सिक्टहन विद्युत् पुर्‍याउने लाइन नबन्दासम्म सेजमा विद्युत् पुर्‍याउन सकिँदैन । वल्र्ड बैंकको प्रोजेक्टले निकै सुस्त गतिमा काम गरिरहेको छ । ३३ केभीए विद्युत् सिक्टहन पुर्‍याउना साथ सेजमा डबल सर्किट लाइन तानिने उपप्रबन्धक आचार्यले बताउनुभयो । ‘सेजमा जाने लाइनको विस्तार निर्माण कम्पनीले सुरु गरिसकेको छ, उहाँले भन्नुभयो ।

सेजले उद्योग सञ्चालनका लागि सातदेखि १० मेगावाट विद्युत् माग गरिरहेको छ । विद्युत् प्राधिकरणले १३२ केभीएको बुटवल–लुम्बिनी सुदृढीकरण आयोजना पूरा भए सेजमा पर्याप्त विद्युत् पुर्‍याउन सकिने बताएको छ । आयोजनाका इन्जिनियर हरि पाण्डेले प्रशारण लाइन निर्माणमा सडक विभागले स्वीकृति नदिँदा ढिलाइ भएको बताउनुभयो ।

आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित बनाइएको सेजमा सञ्चालित उद्योगले ७० प्रतिशत निर्यात गर्न पाउनेछन् । उद्योग सञ्चालनका लागि चेतनशील एग्रो इन्डस्ट्रिज, अरुण खोल ह्युमपाइप, सरोज श्रेष्ठ गार्मेन्ट, श्यामकुमार लोहोनी साबुन उद्योग, रेडिमेट गार्मेन्ट (महेन्द्रकुमार गोयाल), एक्सन पोलिमर्स, सिद्धार्थ पेट प्लास्ट, सिद्धार्थ पीभीसी म्याट, हुलास इन्डस्ट्रिज, किरन सुज (गोल्ड स्टार सुज), सुगम नानो हर्बल, र जगदम्बा सिन्थेटिकसँग सम्झौता भएको छ ।

इन्टरटेक पाइप एन्ड फिटिङ, हिमालयन एग्री बिजनेस, एसियन थाइफुड, मिनिरल वाटर उद्योग, आईडीएस इलेक्ट्रिक प्रालि, इन्स्ट्यान्ट नुडल्स एन्ड एलाइड इन्डस्ट्रिज प्रालि, ट्रान्स हिमालय बेभरेज प्रालि, अरुणखोला बहुउद्देश्यीय सहकारी सस्थाले त्यहाँ उद्योग स्थापना गर्न स्वीकृति पाएका छन् । दर्ता प्रक्रियामा रहेका यी उद्योग विद्युत् आउनासाथ संरचना निर्माणमा लाग्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.