विखण्डनकारी सक्रिय : प्रधानसेनापति

विखण्डनकारी सक्रिय : प्रधानसेनापति

काठमाडौं :  प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ ।

जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो । जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे भने केही खुलाएको छैन ।

तर, प्रधानसेनापति क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि , निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र आन्दोलनरत राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन ।

प्रधानसेनापतिले विगतकै शैलीमा संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने दोहोर्‍याउनुभयो । प्रधानसेनापति क्षेत्रीले वर्तमान राजनीतिक अवस्था तरल रहेको टिप्पणी गर्दै विभिन्न माग राखी विरोधमा उत्रिएको समूहलाई राजनीतिक तहबाटै समाधान हुनुपर्ने बताए।

प्रधानसेनापति क्षत्रीले छलफलमा वर्तमान तरल राजनीतिक अवस्था र त्यसले उत्पन्न गर्ने सुरक्षा चुनौतीबारे मुख्यालयको धारणा राखेका थिए । राष्ट्रिय सुरक्षाको दृष्टिले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि नेपाली सेनाको लागि स्वीकार्य नहुने जंगीअड्डाले निकालेको विज्ञप्तिमा उल्लेछ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.