एपीएलका खेल मंगलवारबाट सुरु हुँदै

एपीएलका खेल मंगलवारबाट सुरु हुँदै

काठमाडौं: एसियन क्लब प्रिमियर लिग (एसीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गरिएको छ । एसियाका विभिन्न टोलीलाई समेटेर पहिलोपटक आयोजित प्रतियोगिताको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उद्घाटन गरिएको हो । प्रतियोगिताका खेलहरू भने मंगलबारबाट मात्रै सुरु हुने भएका छन् ।

आयोजक अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले प्राविधिक कारणले सोमबारका लागि तय गरिएको नेपाल स्टोर्म र दुबई वारियर्सबीचको खेल हुन नसकेको जनाएको छ । आयोजकले नेपाल स्टोर्म र दुबई वारियर्सबीचको खेल प्रतियोगिताको रिजर्भ डेमा खेलाइने जनाएको छ । ‘आजको दिन हाम्रा लागि निकै महत्ववपूर्ण थियो । उद्घाटन समारोहमा आउनुहुने पाहुनाको स्वागत गर्नु थियो', एसीपीएलका अध्यक्ष आरएस डन्डिवालले भने, ‘त्यसैले उद्घाटन समारोहका कारण उद्घाटन खेलका लागि पर्याप्त समय भएन । आज हुन नसकेको खेल हामी रिजर्भ डेमा खेलाउने छौं ।'

सोमबार प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भनिएको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सको प्रसारण सामग्री नआइपुगेकाले पनि खेल रोकिएको हो । आयोजक अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले सोमबार केही सांस्कृतिक कार्यक्रमका साथ प्रतियोगिता उद्घाटन गरेको थियो । साथै प्रतियोगितामा सहभागी नेपाल स्टोर्म र दुबई वारियर्ससहित इन्डियन स्टार्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स सबै टोलीका कप्तानलाई समेत सार्वजनिक गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश टाइगर्स र अफगानिस्तान बुल्स तथा दोस्रो खेलमा इन्डियन स्टार्स र श्रीलंकन लायन्स भिड्नेछन् । प्रतियोगिताका खेलहरू सोनी सिक्ससहित नेपालमा एपी वान एचडी च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्दैछ ।

थर्ड अम्पायर र चियर लिडर
टीयू क्रिकेट मैदानमा आयोजना हुने क्रिकेट प्रतियोगितामा पहिलोपटक थर्ड अम्पायरको प्रयोग हुने भएको छ । अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले एसीपीएलअन्तर्गतको खेलहरूमा थर्ड अम्पायर प्रयोग गर्ने जनाएको हो । त्यसका लागि मैदानमा ठूलो स्क्रिनसमेत राखिएको छ । प्रतियोगिताको दौरान खेलाडीहरूलाई चियर लिडरले समेत हौसला प्रदान गर्नेछन् । घरेलु क्रिकेटमा नेपाली समर्थकले पहिलोपटक थर्ड अम्पायर र चियर लिडरको अनुभव गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.