प्रमुख प्रशिक्षक जोशीको निधन

प्रमुख प्रशिक्षक जोशीको निधन

काठमाडौं : ओलम्पियन तथा भारोत्तोलनका प्रमुख प्रशिक्षक सुनिललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ। गत साता हृदयाघात भई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा भर्ना गरिएका जोशीको आइतबार विहान निधन भएको हो।

सन् १९९६ मा अमेरिकाको एटलान्टामा भएको २६औं गृष्मकालिन ओलम्पिक खेलकुदमा सहभागी भएका जोशी दक्षिण एसियाली खेलकुदमा सबैभन्दा वढी पदक जित्ने खेलाडी हुन्।

नेपाल ओलम्पियन संघका अध्यक्षसमेत रहेका जोशीले २०४१ सालमा काठमाडौंमा आयोजना भएको प्रथम दक्षिण एशियली खेलकुद (साफ) मा सहभागिता जनाउँदै रजत पदक पनि प्राप्त गरेका थिए। दक्षिण एसियाली खेलकुदको प्रथम संस्करणदेखि सातौं संस्करणसम्म प्रतिस्पर्धा गरेका जोशीले ६ रजत र ११ वटा कांस्य पदक जितेका छन्।

नेपाल भारोत्तोलन संघका उपाध्यक्षसमेत रहेका जोशीले सक्रिय खेल जीवनबाट सन्यास लिएपछि २०५२ साल असोज १ गतेबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा जागिरे जीवन सुरु गरेका थिए। सुरुमा प्रशिक्षकका रुपमा राखेपमा आवद्ध भएका जोशी २०६३ साल पुस २१ गते बरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए। उनी २०६९ सालदेखि भारोत्तोलनका प्रमुख प्रशिक्षक थिए।

उनको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राखेपको परिसरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव ज्ञानराज सुवेदी, परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारी र आफन्तजनले स्व.जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

जोशीको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। जोशीका श्रीमती र एक छोरा छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.