पावर प्लेमा जनकपुरको खराव सुरुआत
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावर प्लेमा खराब सुरुवात गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ३७ रन बनाएको छ ।
६ जना ब्याटर दोहोरो अंकमा रन नबनाई आउट हुँदा जनकपुरको ब्याटिङ लाइन धरापमा छ ।
यस अगाडि जनकपुरका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। शेर मल्ल र अरनिको यादव २/२ विकेट लिए। हर्ष थाकरले १ विकेट लिए। जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ।
प्रतिक्रिया दिनुहोस !