'जर्मनी-मेक्सिको र पोर्चुगल-चिली' को भिडन्त

'जर्मनी-मेक्सिको र पोर्चुगल-चिली' को भिडन्त

काठमाडौं : फिफा कन्फिडेरेशन कपको सेमिफाइनलमा विश्व विजेता जर्मनीले मेक्सिको सामना गर्ने भएको छ भने र अर्को सेमिफाइनलमा युरोप विजेता पोर्चुगल र अमेरिकी महादेशको विजेता चिली भिड्ने भएका छन्।

आइतबार राती भएको समूह बी का खेलमा जर्मनीले क्यामरुनलाई ३-१ ले पराजित गरी सेमिफाइनलमा पुग्न सफल भयो भने अस्ट्रलियासँग १-१ को बराबरी खेलेको चिलीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह 'बी' को आफ्नो अन्तिम खेलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १-१ को बराबरीमा रोकियो ।

४२ औं मिनेटमा जेम्स ट्रोइजीको गोल मार्फत अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको चिलीका लागि ६७ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गरे । त्यसपछि कुनै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै रोकियो । चिलीका लागि बराबरी नै सेमिफाइनलमा पुग्न पर्‍याप्त बन्यो ।

यसै समूहको आइबार राति भएको अर्को खेलमा विश्व विजेता जर्मनीले क्यामरुन लाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो । जर्मनीका लागि टिमो वेर्नेरले दुई र केरेम डेमिरबेले एक गोल गरे भने क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले गोल गरे । पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेका थिएनन् ४८ औं मिनेटमा डेमिरबेले गोल गर्दै जर्मनीका लागि अग्रता दिलाए । त्यसैगरी खेलको ६६ औं मिनेटमा वेर्नेरको गोल मार्फत जर्मनीले अग्रता दोब्बर बनायो । क्यामरुन तर्फबाट ७८ औं मिनेटमा अबुबाकरले गोल गरी खेलमा फर्कने प्रयास गरेका थिए । तर त्यसको तीन मिनेटपछि वेर्नेरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीले ३-१ को सहज जित निकाल्यो ।

७ अंकसहित समूह 'बी' को विजेता बन्दै जर्मनी सेमिफाइलन पुग्यो भने ५ अंकसहित चिली समूह उपविजेता बनी सेमिफाइनल पुग्न सफल भयो । २ अंक रहेको अस्ट्रेलिया र १ अंक रहेको क्यामरुन समूह चरणबाट बाहिरिएका छन् ।

 समूह 'ए' बाट यसअघि नै मेक्सिको र पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । जर्मनीले समूह ए को उपविजेता मेक्सिकोको सामना  गर्नछ भने चिलीले समूह 'ए' को विजेता पोर्चुगसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.