पोर्चुगललाई हराउँदै चिली फाइनलमा

पोर्चुगललाई हराउँदै चिली फाइनलमा

काठमाडौं : कोपा अमेरिकाको फाइनलमा फुटबलको महारथी अर्जेन्टिनालाई दुई पटक हराउन सफल दक्षिण अमेरिकी राष्ट्र चिली रुसमा जारी फिफा कन्फिडेरेशन कप फुटबलको फाइनमा पुगेको छ । बुधबार राति भएको खेलमा युरोकप विजेता पोर्चुगललाई ट्राइब्रेकरमा ३-० ले हराउँदै चिली फाइनलमा पुग्न सफल भएको हो।

Eduardo Vargas attempts the spectacular for Chile as the Portugal players desperately try to block his effort

रुसको कजानमा भएको सेमिफाइनलमा खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । खेलमा दुवै टोलीका खेलाडीले गोलका लागि गरेको पटक-पटकको प्रयास सफल हुन सकेन । 

Real Madrid star Cristiano Ronaldo pictured having his shirt pulled by Mauricio Isla on Wednesday 

चिलीको जितमा गोलकिपर क्लउडियो ब्राभो नायक बने उनले । पोर्चुगलका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी रोक्न सफल भएका थिए । ब्राभोले पोर्चुगलका रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको उत्कृ्ष्ट बचाउ गरेर टोलीलाई जितको हकदार बनाए ।

Bravo is mobbed by his ecstatic international team-mates after saving the spot-kick that sent Chile through to the final

चिलीका तर्फबाट अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेज तीनै जनाले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । चिलीले अब फाइनलमा बिहीबार राति मेक्सिको र जर्मनी बीच हुने सेमिफाइनलको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.