अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन आजदेखि

काठमाडौं : ‘अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता’ को चौथो संस्करण शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा हुनेछ । तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा सञ्चालित अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनले यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको तुलनामा अझ भव्य रूपमा सम्पन्न हुने धारणा व्यक्त गरे । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका स्तरीय खेलाडीको सहभागिता रहनेछ ।
अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको यो प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेललाई माथि उठान मद्दत पुर्याउने विश्वास पनि उनले व्यक्त गरे ।प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटान गरी पाँच राष्ट्रका स्तरीय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको हो ।
असार २१ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए । प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स गरी ६ वटा स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ ।
प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ । अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढी, नेपालगन्ज, बुटवल, पोखरा र इटहरीमा खेलाडी छनोट प्रतियोगिता भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
