कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना रोकियो
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना कार्य स्थगित भएको छ । मत गणनाको क्रममा बढी मत गणना गरेको भन्दै काँग्रेस र नेकपा माओवादी केन्द्रले विरोध जनाएपछि मतगणना कार्य स्थगित भएको हो ।
पुनर्वासको वडा नम्बर १ को शुक्रबार आएको मत परिणाममा त्रुटि रहेको भन्दै विरोध जनाएपछि मतगणना स्थगित भएको हो । उक्त वडामा एमालेका प्रताप बहादुर चन्द वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो । शनिबार नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार तथा प्रतिनिधिहरुले मत गणनामा त्रुटि गरेको भन्दै मत गणना कार्यमा अवरोध गरेपछि स्थगित भएको हो ।
पुनर्वासको बडा नम्बर १ मा खसेको मत दुई हजार ६ सय ९१ भन्दा एकसय १३ मत बढी गणना भएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार तथा प्रतिनिधिहरुले सम्पुर्ण नगरपालिकाको मत गणना कार्य स्थगित गरेका हुन् । मत गणनालाई लिएर विवादित बनेको पुर्नवासमा नगरपालिकाको पुनः मतगणना गर्ने विषयमा अहिले सर्वदलिय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !