नेपालगन्ज उपमहानगरमा राप्रपाको फराकिलो अग्रता

नेपालगन्ज उपमहानगरमा राप्रपाको फराकिलो अग्रता

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका मेयर उम्मेदवार डा. धवलशमशेर राणाले फराकिलो मतले अग्रता बनाउनुभएको छ । उहाँलाई पछ्याइरहेको कांग्रेस निकै पछाडि छ । २३ वडामा फैलिएको नेपालगन्ज उपमहानगरपालिकामा अहिलेसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ । यी वडाको परिणाम र मतदाताको मनोकांक्षा बुझ्दा अब राप्रपालाई उछिन्न कांग्रेसलाई समेत निकै हम्मे पर्ने देखिन्छ ।

घोषणा भएका वडामा पनि मिश्रित परिणाम आएको छ । नेपालगन्जको वडा नं. १ र ६ मा एमाले, २ मा कांग्रेस, ३ र ७ मा माओवादी, ४ र ५ मा राप्रपा, २२ र २३ मा संघीय समाजवादी फोरमले जित हात पारेका छन् । तीमध्ये वडा नं. ६ मा एमालेका अध्यक्ष मात्रै विजयी भएका छन् । अरू सबै सदस्य राप्रपाकै छन् ।

शनिबार साँझसम्मको परिणाम हेर्दा नेपालगन्जमा सबैभन्दा अगाडि रहनुभएका राणाको ५ हजार २१ मत छ । उहाँलाई २ हजार ९ सय १ मतसाथ कांग्रेस उम्मेदवार डा. सुरेशकुमार कनोडियाले पछ्याइरहनुभएको छ । त्यस्तै, २ हजार ४ सय ५१ मतसाथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने एमाले २ हजार २ सय ६४ मतका साथ चौथो स्थानमा छ । उममेयरमा कांग्रेसकी उमा थापाले अग्रता लिइरहनुभएको छ । उहाँ ३ हजार ९ सय ३९ मतका साथ अग्रता कायम गरिरहनुभएको छ ।

डुडुवामा कांग्रेस विजयी

बाँकेको डुडुवा गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्र चौधरी प्रमुख र सहिदा बानो उपप्रमुखमा निर्वाचित हुनुभएको छ । चौधरी ४६५१ मत ल्याएर गाउँपालिका प्रमुखमा विजयी हुँदा उपप्रमुखमा बानोले ४३१५ मत ल्याएर विजयी हुनुभएको हो । चौधरीका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजयबहादुर यादवले ४१९२ मत ल्याउनुभयो भने बानोकी प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकै जबिदा खातुनले ४१९२ मत प्राप्त गर्नुभयो।

वडा अध्यक्षमा भने मिश्रित परिणाम आएको छ । डुडुवा गाउँपालिका वडा नं. १ मा कांग्रेसका पटेश्वर कुर्मी ८६४ मत ल्याएर विजयी हुनुभएको छ भने वडा नं. २ मा पनि कांग्रेसकै गजेन्द्र कैराती १४०२ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ ।


हालसम्म सार्वजनिक नौ वटा वडाको परिणाम र मतदाताको मनोकांक्षा बुझ्दा अब राप्रपालाई उछिन्न कांग्रेसलाई समेत निकै हम्मे पर्ने देखिन्छ ।

त्यस्तै, वडा नं. ३ मा संघीय समाजवादी फोरमका भण्डारीलाल अहिर १०११ मत ल्याएर विजयी हुँदा वडा नं. ४ मा संघीय समाजवादी फोरमका सगिर खाँ ५५९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नं. ५ को अध्यक्षमा एमालेका परशुराम बुढाथोकी ६६८ मत ल्याएर विजयी हुनुभएको छ भने वडा नं. ६ मा फोरम लोकतान्त्रिकका मोहनराम मि श्र (गोकर्ण) ६०७ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । यसअघि नरैनापुर गाउँपालिकामा फोरमका उमेदवार अध्यक्षमा विजयी हुनुभएको छ । बाँकेमा ५ गाउँपालिका एक उपमहानगरपालिका र एक नगरपालिका छन् ।

कोहलपुर नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । त्यस्तै, खजुरामा एमालेले अग्रता लिइरहेको छ । राप्ती सोनारी गाउँपालिकामा कांग्रेसको अग्रता छ भने बैजनाथ गाउँपालिकामा एमालेको अग्रता छ । त्यस्तै, जानकी माओवादीले अग्रता लिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.