महालक्ष्मी नगरपालिकामा एमाले विजय : धनकुटामा एमालेको ‘क्लिन स्वीप’
धनकुटा : महालक्ष्मी नगरपालिकामा एमाले विजयी भएको छ। नेकपा एमालेका मेयरका उम्मेदवार पर्शुराम नेपाल र उपमेयरका उम्मेदवार मञ्जु अधिकारी विजयी हुनु भएको हो। मेयरमा विजयी नेपालले ४ हजार ८ सय ९७ र उपमेयरमा विजयी अधिकारीले ४ हजार ५ सय ३४ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
त्यसैगरी उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अग्नी पौडेलले ३ हजार १ सय ५३ मत प्राप्त गर्नु भयो। उपमेयरमा राप्रपाका महेन्द्र निरौलाले २ हजार १ सय ५६ मत प्राप्त गर्नु भयो। त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार राम नेपाल र उपमेयर डिना बुढाथोकीले समान १ हजार ७ सय ४६ मत ल्याउनु भयो।
महालक्ष्मी नगरपालिकामा विजय भएसँगै एमालेले धनकुटामा क्लिन स्वीप गरेको छ। जिल्लाको सातवटै स्थानीय तहको मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !