एचआईभी संक्रमितलाई उपचार साक्षरता कक्षा

एचआईभी संक्रमितलाई उपचार साक्षरता कक्षा

भक्तपुर : भक्तपुरका एचआईभी एड्स संक्रमितहरुको लागि उपचारसम्बन्धी साक्षरता कक्षा लिइएको छ । एचआईभी एड्सको क्षेत्रमा कार्य गर्दै आएको सुरुवात सामुदायिक उपचार तथा पुनस्र्थापना केन्द्रले संक्रमित भएकै कारण हुने निराशा, कुन्ठा, तनावलाई व्यवस्थापन गर्दै सकारात्मक जीवनयापन गराउने उद्दश्यले उक्त कक्षा सञ्चालन गरेको हो ।

सुरुवातका कार्यक्रम संयोजक सुरेन्द्रविक्रम ध्वान्जूले सकारात्मक सोच र त्यसअनुसारको व्यवहारले संक्रमितहरुको शरीरको रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले संक्रमितहरुलाई सदैव सकारात्मक जीवनयापन गराउने उद्देश्यले उक्त कक्षा लिइएको बताउनुभयो ।

कक्षामा सहजीकरण गर्नुभएका उहाँले संक्रमितलाई आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक सोच र आचरणलाई सकारात्मक बनाउनेबारे कक्षा लिनुभएको थियो ।

‘एचआईभी संक्रमित भएपछि जीवन नै सिद्धियो भनेर औषधोपचारमै नआउने धेरै छन्’, कार्यक्रम संयोजक ध्वान्जूले भन्नुभयो, ‘संक्रमितलाई उत्साहित र आशावादी बनाउँदै औषधोपचारमा ल्याउन कक्षा सञ्चालन गरेका हौं ।’
भक्तपुरमा एचआईभी संक्रमण भएर पनि औषधोपचारमा नआउने धेरै छन् । संक्रमितमध्ये एकतिहाइले मात्रै जीवनदायिनी एन्टीरेट्रोभाइरल (एआरटी) सेवन गर्दै आएको सुरुवातले जनाएको छ ।

सुरुवातका कार्यक्रम अधिकृत पानोस शर्माले निरन्तर एआरटी सेवन गरिरहेकालाई उत्साहित गर्ने तथा औषधोपचारको पहुँचमा नआएकालाई आकर्षितक गर्न भक्तपुरमा एफएचआई ३६० को लिन्केज परियोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो । सोही परियोजनाअन्तर्गत जिल्लाका संक्रमितहरुलाई एआरटीसम्म पहुँच पु¥याउँदै आएको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.