चीनको एक आवासीय भवनमा आगलागी, २२ जनाको मृत्यु

चीनको एक आवासीय भवनमा आगलागी, २२ जनाको मृत्यु

म्यानजिङ : चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ ।उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् ।

उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् ।यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीमा पर्नेहरुको उद्धारका लागि छिटै समयमा नै उद्धारकर्ता पुगेको भएपनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।

आगलागी हुँदा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस वषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले आगलागीमा घाइते भएका मध्ये दुई जना गम्भीर रहेका जनाएको छ ।

हाल आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुई तला मात्रै रहेका सो घरमा भएको आगलागीको छोटो समयमै कसरी त्यति धेरै नागरिकको ज्यान गएको हो भन्ने बारेमा खोजी सुरु गरिएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.