आज निर्वाचन, को बन्दैछ भारतको १४ औं राष्ट्रपति ?

आज निर्वाचन, को बन्दैछ भारतको १४ औं राष्ट्रपति ?

एजेन्सी : भारतको १४ औं राष्ट्रपतिका लागि सोमबार निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी लगायत अन्य केही दलको पक्षबाट रामनाथ कोविन्द उम्मेदवार बनेका छन् भने, विपक्षी दल कांग्रेस लगायत अन्य केही दलको समर्थनमा मीरा कुमार प्रतिस्पर्धामा रहेकी छिन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २५ मा सकिँदै छ । भारतको माथिल्लो सदन राज्यसभा तल्लो सदन लोकसभा र सबै राज्यका विधान सभाका गरी ४८९६ जनाले राष्ट्रपति चयनका लागि मतदान गर्दै छन् ।

राष्ट्रपति चयनका लागि ४८९६ कानुन निर्माताहरुले मतदान गर्ने भएपनि त्यसको कूल भोट भ्यालु भने १० लाख ९८ हजार ९०३ रहेको छ । जसमा लोकसभाका ५४३ जना राज्य सभाका २३३ जना को भोट भ्यालु ५ लाख ४९ हजार ४०८ रहेको छ भने २९ राज्यका ४१२० विधान सभा सदस्यको भोट भ्यालु ५ लाख ४९ हजार ४९५ रहेको छ । यस मध्येबाट बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ।

लोकसभा र १७ राज्यको विधानसभामा भारतीय जनता पार्टीको बहुमत रहेकाले रामनाथकै पल्ला भारी रहेको देखिन्छ । उनको पक्षमा ६५ देखि ७० प्रतिशत मत प्राप्त हुने आँकलन गरिएको छ भने मीरा कुमारको पक्षमा ३०/३२ प्रतिशत मात्रै मत आउने अनुमान गरिएको छ ।

रामनाथको चुनावी अभियानका मेनेजरसमेत रहेका भारतीय जनता पार्टीका महासचिव भुपेन्द्र यादवले भारतीय मिडियासँग कुरा गर्ने क्रममा रामनाथलाई २१ मुख्य मन्त्री र ३० भन्दा बढी पार्टीको समर्थन रहेको दावी गरेका छन् ।

मतदाताको अंक गणित अनुसार ७१ वर्षीय रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित लगभग निश्चित रहेको देखिन्छ । यद्यपी भारतको राष्ट्रपति पद एक सम्मानित राष्ट्र प्रमुखको पद बाहेक केही होइन राष्ट्रपतिलाई कुनै पनि कार्यकारी अधिकार प्राप्त छैन । जो सुकै निर्वाचित भएपनि त्यसले भारतीय राजनीतिमा कुनै फेरबदल हुने भने देखिदैन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.