दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

सोल: दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ ।

रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले सो समय माग गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ ।

तर रेड क्रसले भने सो वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ । तर यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यदि यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबर पछि पहिलो पटक दुवै देशका तर्फबाट परिवारहरुको पुनर्मिलन हुने छ । ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिइने छ ।

कोरिया यद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यस लगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजार भन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही महिना अघि दिनुभएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भङ्ग गर्ने खतरा हो भन्नुभएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताउनुभएको थियो ।

उहाँको यही प्रयासपछि पछिल्लो समयमा दक्षिण कोरिया उत्तर कोरियासँग नरम भएको अनुमान कतिपयले गरेका छन् । तर निरन्तर रुपमा उत्तरले गरेको आणविक परीक्षणका कारण भने कोरियाली प्रायद्वीपमा अशान्ति कायमै छ ।

उहाँले गत महिना अमेरिकाको भ्रमण गर्नुभएको थियो । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हितका अतिरिक्त कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वातावरण निर्माणमा सहयोग पुग्नेगरी आधार तय गरेको उहाँको धारणा थियो ।

विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रुपमा आणविक परीक्षणजस्ता क्रियाकलापहरु गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधहरुका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.