अपहरित ३९ जना भारतीय नागरिक जेलमा

अपहरित ३९ जना भारतीय नागरिक जेलमा

नयाँ दिल्ली : आतङ्ककारी संगठन आइएसले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिकलाई मोसुलको जेलमा राखेको हुनसक्ने अनुमान गरिएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले बताउनुभएको छ ।

ती भारतीयहरुलाई तीन वर्षअघि आइएसले अपहरण गरेको जनाएका थिए । उनीहरुलाई मोसुलको बादुसस्थित जेलमा राखिएको बारेको सूचना आफूले पाएको जानकारी उहाँले दिनुभएको हो ।

उहाँले इराकको पश्चिमी भागतर्फबाट इराकी सेनाले मोसुल सहर कब्जागर्ने प्रक्रिया सुरु गरेको र अधिकांश आफ्नो नियन्त्रणमा लिइसकेकाले अब केही दिनमा सो जेलसम्म पुग्ने पनि बताउनुभयो ।

इराकी सेना त्यहाँ पुगेपछि भारतीय सो जेलमा भए नभएको बारेमा पत्ता लाग्ने पनि उहाँले जानकरी दिनुभयो । विदेशमन्त्री स्वराजले भन्नुभयो “उनीहरु सोही जेलमा हुनुपर्छ, यस विषयको सूचना हामीले पहिले नै पाएका थियौँ ।”

बोदुससम्म पुग्न सक्यौँ भने हामीले उनीहरुको अवस्थाको बारेमा पत्ता लगाउने छौँ भनेर इराकी सेनाले जानकारी गराएको उहाँको भनाई थियो ।

अपहरित परिवारका सदस्यसँग भेट गर्ने क्रममा गत जुन महिनामा विदेशमन्त्री स्वराजले मोसुलको चर्चबाट ती भारतीय नागरिकलाई अपहरण गरिएको जानकारी आफूले पाएको र उनीहरु सबैजना जीवितै रहेको बताउनुभएको थियो ।

सो स्थान मोसुद जेल नजिकै रहेकोले उनीहरुलाई त्यहीँ राखिएको हुनसक्ने अनुमान इराकी सरकारी अधिकारीले पनि गरेको उहाँले बताउनुभयो ।

इराकमा विभिन्न पेसा र जागिरमा रहेका ती भारतीय नागरिकलाई तीन वर्षअघि आइएसले अपहरण गरी बेपत्ता बनाएका हुन् । उनीहरुलाई छुटाउन भारतीय पक्षले जारी राखेका कूटनीतिक प्रयास भने अझै सफल हुन सकेका छैनन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.