गोर्खाल्याण्ड आन्दोलन : विद्यार्थीको विचल्ली , हजारौले फर्म भर्न पाएनन्

गोर्खाल्याण्ड आन्दोलन : विद्यार्थीको विचल्ली , हजारौले फर्म भर्न पाएनन्

इलामः छुटै गोर्खाल्याण्डको माग गर्दै भारतको पश्चिम बंगाल अन्तरगतको दार्जिलिङ र आसपासको गोर्खाल्याण्ड क्षेत्रमा पाँच हप्ता अघि देखि चर्केको आन्दोलनका कारण हजारौ विद्यार्थी विचल्लीमा परेका छन् ।
बंगाल सरकारले आन्दोलन शुरु भएसगै इन्टरनेट समेत बन्द गरिदिएपछि विभिन्न क्याम्पसमा अनलाईन फर्म भर्ने हजारौ विद्यार्थीले भर्ना फर्म समेत भर्न नपाएको गोर्खा जनमुक्ति मोर्चाको विद्यार्थी संगठनका प्रवक्ता सन्दिप क्षेत्रीले जानकारी दिनुभयो ।
जुलाई महिनामै फर्म खुलेपनि यस महिना भनुपर्ने फर्म इन्टरनेट नखुलेपछि भर्न नपाएको क्षेत्रीले बताउनु भयो । कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुले उच्च शिक्षाका लागि अनलाईन फर्म भर्ने व्यवस्था छ । गोर्खाल्याण्डभरी इन्टरनेट बन्द भएपछि हजारौ विद्यार्थीले भर्नाको अवसर गुमाएको शर्माले बताउनु भयो । इन्टरनेट बन्द भएपछि मानव अधिकार आयोगमा वंगाल सरकार विरुद्ध उजुरी परेको क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालय र कलेज बन्द भएपछि दार्जिलिङमा अध्ययन गर्ने एक हजार पाँच सय भन्दा बढी इलामका विद्यार्थी पनि घर फर्केर बसिरहेका छन् । अविभावकहरु विद्यार्थीलाई कता पढाउने भन्ने अन्यौलमा परेका छन् ।
गौरीगञ्ज झापामा घर भएका सुर्याेदय नगरपालिका २ पशुपतिनगरका व्यापारी अशोक शाहका दुई छोरा दार्जिलिङकै विद्यालयमा पढ्दै थिए । शाहको ठुलो छोरा आदित्य कक्षा ९ मा पढ्छन् भने सानु छोरा आशुतोष कक्षा ६ मा अध्यान गर्दै थिए । दुबैजना विद्यालय बन्द भएपछि पशुपतिनगरमा आएर विद्यालय खुल्ने दिन पर्खेर बसेका छन् । एक दुई दिनमै विद्यालय खुल्छ भनेर घर फर्केका उनीहरु अहिले टेलिभिजन हेरेर, कहिलेकाही स्थानीय ट्युसन सेन्टरमा गएर दिन विताइ रहेको शाहले बताउनुभयो ।
शाहका अनुसार पशुपतिनगरबाट मात्र झण्डै ७५ प्रतिशत विद्यार्थीहरु सिमापारी दार्जिलिङका विद्यालयमा पढ्ने गरेका छन् । शाह केही समय हेरेर नेपालकै कुनै विद्यालयमा छोराहरुलाई भर्ना गर्ने सोचमा पुग्नु भएको छ ।
मिरिकको वृन्दावन विद्यालयमा अध्यानरत आशुतोष शाहले विद्यालय खुलेन भने विद्यालय परिवर्तन गरेर नेपालमै पढ्ने बताउनु भयो । उहाँले विद्यालय बन्द भएपछि पढाइमा मनै जान छोडेको पनि बताउनु भयो ।
अविभावक अशोक र विद्यार्थी आशुतोषको जस्तै भनाई छ, दार्जिलिङमा छोराछोरी पढाउने अविभावक र पढ्ने विद्यार्थीहरुको । पशुपतिनगरबाट दैनिक दुई गाडी विद्यार्थी सिमापारीको निजी विद्यालयमा पढ्ने गरेको उद्योग बाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईले बताउनुभयो । उहाँले विद्यालय बन्द भएपछि विद्यार्थीहरुमा समेत नकारात्मक प्रभाव परेको बताउनु भयो ।
फिक्कल वजारमा व्यापार गरेर वस्ने सृजना श्रेष्ठकी छोरी सिलगुडीमा कक्षा १२ मा अध्ययन गनुर््हुन्छ । दार्जिलिङको आन्दोलनले उहाँलाई पनि प्रभाव पारेको छ । छोरीलाई होस्टलबाट निस्कन समेत कडाइ गरेको सृजनाले बताउनु भयो । अबस्था यस्तै रहे छोरीलाई पनि नेपाल ल्याएर पढाउने उहाँको योजना छ । श्रेष्ठको कालेबुङको सेन्टअगस्टेन विद्यालयमा पढ्दै गरेको छोरा आदर्श श्रेष्ठ घर फर्केको एक महिना भन्दा बढी भैसकेको छ । छोराले नेपालको विद्यालय जान रुची नदेखाएपछि अब के गर्ने भन्ने अन्यौलमा छ श्रेष्ठको परिवार । आदर्शले फर्कदा पुस्तक पनि ल्याउनुभएको छैन । उहाँले भन्नु भयो ‘पुस्तक ल्याएको छैन, भाइलाई हेर्दै बस्दै छु ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.