महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रदेश स्तरीय भेला

महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रदेश स्तरीय भेला

डडेल्धुरा: प्रदेश नं ७ मा रहेका ९ वटै जिल्लाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रदेश स्तरीय भेला सोमबारदेखि डडेल्धुरामा सुरु भएको छ।

दुई दशक देखि स्वास्थ्य सेवामा कुनै सेवा नलिइ काम गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरु आफ्नो अधिकार र सेवाका बारे छलफल गर्न भेला भएका हुन्।

नेपाल स्वास्थ्यकर्मी सघंका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले सधैं निशुल्क काम गर्न नसकिने भएकाले अब एक जुृट भएर महिला स्वयमसेविकाहरु आफ्नो सेवासुविधाहरु तय गर्न पनि यो भेला आयोजना गरिएको बताए।

सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्ने व्यक्तिले राज्यबाट विभिन्न सेवासुविधा र भत्ता पाउने गरेपनि महिला स्वयमसेविकाहरुले भने न्यून शूल्कमा काम गर्दै आएको उनीहरुको गुनासो छ।

भेलामा डडेल्धुरा, बैतडी, बाजुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर बझाङ र दार्चुलाका गरी ४० जना महिला स्वयमसेविकाहरु सहभागि छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.