बालबालिकालाई 'अनलाइन गेम' नखेलाउन चेतावनी
![बालबालिकालाई 'अनलाइन गेम' नखेलाउन चेतावनी](https://annapurnapost.prixacdn.net/media/albums/Online_game1-5982ee978c4097.18424891_SUSmGrIY4a.jpg)
बेइजिङ: प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ।
मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ। अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ।
बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।
बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)