दोषीलाई कारवाहीका गर्न खुट्टा कमाउँदिन : आपूर्तिमन्त्री

 दोषीलाई कारवाहीका गर्न खुट्टा कमाउँदिन : आपूर्तिमन्त्री

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा दोषी देखिएकालाई कार्वाही गर्न खुट्टा नकमाउने बताएका छन्।  प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मण्डलले भने,‘दोषीलाई कार्वाही गर्न खुट्टा कमाउँदिन पार्टीका नेता र मन्त्रीहरुले पनि हौसला दिनु भएको छ ।'

मण्डलले जग्गा खरिद प्रकरणमा लेखा समितिले कारबाहीको लागि निर्देशन दिइसकेको, अर्थसमिति र संसदीय समितिले छानविन गरिरहेकाले आपूर्ति मन्त्रालयले छानविन समिति बनाई रहन आवश्यक नभएको स्पष्ट गर्दै भने,‘छानबिन अघि बढिसकेकोले मन्त्रालयले त्यस्तो कुनै समिति बनाउन जरुरी देख्दिन् ।'

मन्त्री मण्डलले चितवन र सर्लाहीको जग्गा एउटै ठेकेदारले चलन चल्तीको स्थानीय मूल्यभन्दा धेरै बढाएर जग्गा खरिद गरी उनले अत्यावश्यक वस्तुको कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्न कानुन संशोधनको तयारी भइरहेको बताउँदै भने,‘अनुगमन र कारबाहीको विषयमा सरकारी निकायबीचमै हुने विवादले पनि जनमानसमा फटाही गर्नेलाई कार्वाही हुँदैन भन्ने सन्देश गएको छ ।' उनले कानुन मिलाउनु पर्ने र कलोबजारी गर्नेलाई कडा दण्ड र सजायको व्यवस्था गर्ने हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.