अस्तव्यस्त सार्वजनिक यातायात

अस्तव्यस्त सार्वजनिक यातायात

काठमाडौं : 'पिक आवरमा राजधानीमा सवारीसाधनको गति प्रतिघन्टा ८ देखि १२ किलोमिटर हुन्छ, अबको दुई/चार वर्षमा यो आधामा झर्नेछ', पूर्वाधारविद् डा. सूर्यराज आचार्यले उपत्यकाको सार्वजनिक यातायात अवस्थाबारे टिप्पणी गर्दै भने, 'यहाँका सडकको अवस्था गरिब छ । युरोपमा सहरको एक चौथाइ सडकलाई छुट्याइन्छ जबकि काठमाडौंमा ७.२३ प्रतिशत मात्र छ।'

यो तथ्यांकले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था प्रस्ट हुन्छ। एक दशकयतादेखि धेरै प्रयास भए पनि यातायात क्षेत्र अझै अस्तव्यस्त छ।'संसद्मा एजेन्डा बने पनि सार्वजनिक यातायातबारे सरोकारवाला जवाफदेही र संवेदनशील भएको देखिँदैन', संसद्को विकास समितिले यातायात क्षेत्रको व्यवस्थापनका चुनौती विषयक छलफलमा सभापति रवीन्द्र अधिकारीले भने, 'यो समितिले पनि सरोकारवाला मन्त्री, सचिव, महानिर्देशकलगायतलाई राखेर प्रयास गरेको छ। तर, उनीहरूले प्रतिबद्धता जनाए पनि कार्यान्वयन गरेका छैनन् । यो चिन्ताको विषय हो।'

काठमाडौं उपत्यकाभित्रको सडक संरचनालाई व्यवस्थित बनाई सार्वजनिक यातायातलाई सहज, सुलभ र भरपर्दो बनाउन अल्पकालीन तथा दीर्घकालीन रूपमा यातायात क्षेत्रको सुधार गर्न समितिले सोमबार एकीकृत संरचनासहितको सडक यातायात पूर्वाधार विकास गर्न कार्ययोजना तयार पार्न निर्देशन दिएको छ।

समितिले भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयका साथै काठमाडौं महानगरपालिकाका प्रतिनिधि रहने गरी समन्वय कमिटी बनाएर १५ दिनभित्र कार्ययोजना तयार पारी समितिमा पेस गर्न निर्देशन दिएको हो।

अधिकारीले भने, 'काठमाडौं उपत्यकामा व्यवस्थित यातायात प्रणालीको विकास गर्न उपत्यकाभित्र यात्रा गर्ने यात्रुका लागि सडकपेटीको व्यवस्था, ट्राफिक लाइट, आकाशे पुल, साइकल लेन, बिजुलीका पोल, तार, ढल, खानेपानी आदि सबैको एकैपटक विस्तार गर्ने योजना सम्बद्ध सबै निकायको समन्वयमा १५ दिनभित्र सार्वजनिक गरी कार्य आरम्भ गर्न सरोकारवालालाई निर्देशन दिएका छौं।'

उपत्यकाको दीर्घकालीन सवारी चापलाई कम गर्न तथा हाल भइरहेको सडक संरचनाको प्रभावकारी उपयोग गर्न, भएका सवारीसाधनको संख्यालाई उपयुक्त तवरबाट व्यवस्थापन गर्न, यसको नियमनकारी कार्य तत्काल आरम्भ गर्न पनि समितिले निर्देशन दिएको छ।
समितिको बैठकमा विज्ञ आचार्यले मेट्रो र मोनो रेलका लागि आजैबाट काम नथाले भोलिका दिनमा अस्तव्यस्त ट्राफिकका कारण सोच्न पनि कठिन हुने बताए।

गृहमन्त्री जनार्दन शर्माले राणाकालमा सहर घुम्न बनाइएका गोरेटोमा लाखौं सवारीसाधन गुड्दा सार्वजनिक यातायात सहज हुन नसकेको तर्क गरे। उनले भने, 'सडक अनुसारका गाडी हुनुपर्ने हो तर यहाँ गाडीअनुसार सडक बनाउँदै छौं, यो अन्तरविरोधले समस्या थपिएको हो।'

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक, सवारीसाधन र ट्राफिक लाइटलगायतका कारण काठमाडौंको सार्वजनिक यातायात अस्तव्यस्त भएको तर्क गरे।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले दैनिक १० लाखभन्दा बढी सार्वजनिक यातायात प्रयोग गर्नेले पीडा भोगेको बताए ।वातावरणविद् भूषण तुलाधरले उपत्यका प्रदूषणको मुख्य कारण अव्यस्थित सवारीसाधन भएको बताए।

उनले थपे, 'असन र चक्रपथको सडक एउटै हुँदैन। काठमाडौंमा ४० प्रतिशत पैदलयात्रा हुन्छ। ४३ प्रतिशत पैदलयात्रुको निधन हुन्छ यसबारे कोही गम्भीर छैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.