किमाथांकामा सुक्खा बन्दरगाह बनाउन माग

किमाथांकामा सुक्खा बन्दरगाह बनाउन माग

संखुवासभा: किमाथांका नाकालाई सुक्खा बन्दरगाहको रूपमा विकास गर्नु पर्ने उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बताए । आइतबार खाँदवारीमा उद्योग वाणिज्य संघको १२औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ढकालले किमाथांका–जोगमुनि राजमार्गको विकास गरी किमाथांका नाकालाई सुक्खा बन्दरगाहको रूपमा विकास गुर्न पर्नेमा जोड दिए।

नेपालको अर्थव्यवस्थालाई सुदृढ गर्न र उत्तरदक्षिणकै व्यापार हबको रूपमा किमाथांका–जोगमुनि राजमार्ग प्रयोगमा ल्याउन उनले जोड दिएका थिए । उनले किमाथांका नाकासम्मको सडक निर्माणले पूर्वाञ्चलकै आर्थिक विकासमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गरे। चिनियाँ राजदूतले पनि यस क्षेत्रको विकासमा चासो देखाएकाले संखुवासभाको विकासमा अघि बढ्ने र त्यसमा निजी क्षेत्रले पनि आवाज उठाउने ढकालले बताए।

जिल्लामा रहेका पर्यटकीय, जलस्रोत र प्राकृतिक सम्पदाको प्रयोग गर्न सके जिल्ला र देशको विकासमा सहयोग पुग्ने उनको भनाइ छ। उनले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना सम्झौता गरी सरकारले अगाडि बढाइसकेकाले यसले विकासको ढोका खुलेको बताए।

उनले देशमा राजनीतिक अस्थिरता, आन्दोलन र नाकाबन्दीले ठूलो घाटा व्यहोर्नु परेको तितो यथार्थलाई पर्यटन, जलस्रोत र कृषि प्रणालीलाई व्यवसायीकरण गरी बदल्नु पर्ने बताए। उनले दुई छिमेकीले उत्पादन गरेका सामानले स्वदेशी उत्पादनलाई विस्थापित गर्दै गएकाले उद्यमशिलताको विकास गर्नु पर्ने धारणा राखे।

संघको उद्घाटन सत्रमा २६ लाख ३२ हजार सात सय रुपैयाँ आम्दानी र २५ लाख ७२ हजार ८ सय ८२ रुपैयाँ खर्च भएको संघका अध्यक्ष अनन्तकुमार गौलीले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.