टेलिकम सेवा र पूर्वाधारका लागि छुट्टाछुट्टै कम्पनी

टेलिकम सेवा र पूर्वाधारका लागि छुट्टाछुट्टै कम्पनी

काठमाडौं : सरकारले दूरसञ्चारको पूर्वाधार निर्माण र सेवा प्रवाह छुट्टाछुट्टै कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । हाल एउटै कम्पनीले पूर्वाधार निर्माण र सेवा प्रवाह गर्दै आएका छन् । यसले दूरसञ्चार सेवा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले नयाँ नियमावलीमार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।

नियमावली कार्यान्वयनमा आएपछि हाल दूरसञ्चार सेवा दिइरहेका कम्पनीले टेलिकम सेवामात्र दिन पाउनेछन् । तर पूर्वाधार बनाउन पाउँदैनन् । पूर्वाधारका लागि नयाँ कम्पनी बनाउने सरकारी योजना छ । दूरसञ्चारको पूर्वाधार (बीटीएस टावर)सहितका भौतिक संरचना निर्माणका लागि कम्तीमा १० अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमताको नयाँ कम्पनी भित्र्याउने तयारी गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार पूर्वाधार मात्रै बनाउने गरी नयाँ कम्पनी भित्र्याउन दूरसञ्चार पूर्वाधार सेवा नियमावली बनाएको छ । यो नियमावली मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेपछि नियमावली कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । ‘दूरसञ्चार कम्पनीले पूर्वाधार पनि बनाउनुपर्दा सेवामा गुणस्तर कम भएकाले सेवा र पूर्वाधारका लागि अलगअलग कम्पनी बनाउन लागिएको हो', उनले भने । यो नियमावली लागू भएपछि दूरसञ्चार कम्पनीले पूर्वाधार बनाउन पाउँदैनन् । भएका पूर्वाधार पनि दुई वा त्यसभन्दा बढी कम्पनीबीच सहप्रयोग हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । यो नियमावली आएपछि एनसेल र टेलिकमले एकअर्काको टावरबाट पनि सेवा दिन पाउनेछन् । पूर्वाधार नबनाएका अरू कम्पनीले पनि भएकै टावरबाट आफ्नो सेवा विस्तार गर्न पाउनेछन् ।

यो व्यवस्थाका लागि सरकारले उक्त नियमावली ल्याउन लागेको हो । यो नियमावली आएपछि ८० प्रतिशतसम्मको विदेशी लगानीमा पूर्वाधार कम्पनी खोल्न सकिनेछ । यस्तो व्यवस्थाअनुसार कम्तीमा १० अर्ब रुपैयाँको चुक्ता पुँजी राखेर नयाँ कम्पनी स्थापना हुन सक्छ ।पूर्वाधारमा लगानी गर्न चाहने कम्पनी लगातार तीन वर्षसम्म नाफामा गएको हुनुपर्ने, पाँच हजार टावर निर्माण गरेको र १० हजारवटा टावर सञ्चालन तथा व्यवस्थापन गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । यो नियमावलीले कम्तीमा दुईवटा सेवाप्रदायकबीच पूर्वाधार सेवाको सहप्रयोग गराइसकेको र दुईभन्दा बढी मुलुकमा सेवा दिइसकेको कम्पनी हुनुपर्ने सर्त राखेको छ ।

सरकारले भएकै दूरसञ्चार सेवाप्रदायक कम्पनीबीचको पूर्वाधार पनि अनिवार्य रूपमा सहप्रयोग गर्न पनि यो निमावली ल्याउन लागिएको उल्लेख छ । यस्तो व्यवस्थाअनुसार हाल भएका सबै दूरसञ्चार पूर्वाधार अर्थात् बीटीएस टावरको व्यवस्थापन नयाँ पूर्वाधार कम्पनीले नै गर्नेछ । उक्त कम्पनी आएर टावरको क्षमता बढाउने, दुई वा त्यसभन्दा बढी कम्पनीबीच एउटै पूर्वाधारको प्रयोग गराउनेछ ।


नियमावली कार्यान्वयनमा आएपछि हाल दूरसञ्चार सेवा दिइरहेका कम्पनीले टेलिकम सेवा मात्र दिन पाउनेछन् । तर पूर्वाधार बनाउन पाउँदैनन् ।

अर्को कम्पनीको पूर्वाधार प्रयोग गरेबापत तोकिएको भाडा तिर्नुपर्ने व्यवस्था पनि निमायवलीमा छ । नियमावली कार्यान्वयनको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणको हो । हाल नेपालमा ६ वटा दूरसञ्चार सेवाप्रदायक छन् । यसमध्ये नेपाल टेलिकम (एनटीसी) र एनसेलको सेवाको दायर ठूलो भएकाले यी दुई कम्पनीका पूर्वाधार धेरै छन् । बाँकी चारवटा कम्पनी यूटीएल, हेल्लो नेपाल, स्मार्ट टेलिकम र सीजी टेलिकमको पूर्वाधार न्यून छ ।

नयाँ पूर्वाधार कम्पनीले पाँच करोड रुपैयाँ बुझाएर अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । वार्षिक नवीकरण शुल्क साढे चार करोड रुपैयाँ तोकिएको छ । नेपालमा हालसम्म छुट्टै पूर्वाधार विकास गर्ने कम्पनी नभएकाले कानुनी व्यवस्था गरेरै नयाँ कम्पनीलाई बाटो खोलिने भएको छ । टेलिकम सेवाप्रदायकको सबैभन्दा ठूलो खर्च पूर्वाधार निर्माणमा हुने गर्छ । आधुनिक प्रविधिअनुसार सेवा विस्तार गर्नुपर्ने र प्रविधिबीच प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि आवश्यक उपकरणमा लगानी गरिरहनुपर्छ । यस्तो लगानी हाल वार्षिक नौ अर्ब रुपैयाँसम्म हुने गरेको छ । एउटै कम्पनीले चार अर्ब रुपैयाँसम्म प्रविधि र सेवाको गुणस्तर वृद्धिमा लगानी गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.