आन्तरिक उडान अस्तव्यस्त

आन्तरिक उडान अस्तव्यस्त

काठमाडौं : अबिरल वर्षा र बाढीपहिरोका कारण देशका अधिकांश स्थानको आन्तरिक उडान अवरुद्ध भएको छ । तराई र पहाडी दुवै क्षेत्रका विमानस्थलमा जहाज उडान र अवतरण गर्न सक्ने अवस्था नरहेपछि अधिकांश विमानस्थलमा सेवा प्रभावित भएको विमान कम्पनीले जानकारी दिएका छन् ।

मनसुनकै कारण शनिबार विराटनगर, लुक्ला, तुम्लिङटार, भद्रपुर र सिमरामा उडान भएन । यसका कारण हजारौं यात्रु अलपत्र परेका छन् । भैरहवा, नेपालगन्ज, जनकपुर, धनगढी, पोखर, भरतपुरलगायत विमानस्थलमा भने आंशिक रूपमा उडान भइरहेको छ । आन्तरिकतर्फ ५० प्रतिशतभन्दा कम उडान भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकरले जानकारी दिए । शनिबार भरपुरमा सात, धनगढीमा चार, नेपागन्ज सात, जनकपुरमा दुई, पोखरामा १२ र भैरहवामा १४ उडान भएका थिए ।

आइतबार भने विराटनगर, लुक्ला र तुम्लिङटार बाहेक सबै विमानस्थलमा उडान भएका छन् । उडान भएका विमानस्थलमा पनि मौसमको प्रतिकूलताका कारण पूर्ण रूपमा उडान हुन सकेको छैन । मौसम अनुकूल भएको अवस्थामा केही समय ‘डिले' गरेर भए पनि उडान सुचारु भइरहेको ठाकुरले बताए । आइतबार नेपालगन्ज विमानस्थलमा बिहान उडान भए पनि दिउँसोदेखि उडान अवरुद्ध भएको ठाकुर बताउँछन् ।

०विराटनगर विमानस्थल सञ्चालन अनिश्चित

पूर्णरूपमा हवाई सम्पर्क विच्छेद भएको विरानगर विमानस्थलमा अझै उडान हुन सक्ने अवस्था छैन । विमानस्थलमा तीन फिटभन्दा बढी पानी जमेको छ । जमेको पानीले विमानस्थलमा के कति क्षति भयो,त्यसको विवरण आउन सकेको छैन । बन्द विमानस्थल तत्काल सुचारु गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले निर्देशन दिएका छन् । विमान सञ्चालकले भने केही दिन विराटनगर विमानस्थलमा उडान नै नगर्ने बताइसकेका छन् । तर, हवाई सेवा प्रदायक कम्पनीले केही दिन उडान नगर्ने जनाइसकेका छन् ।

शनिबार तराईका जिल्लामा पर्ने विमानस्थलको उडानमा केही समस्या सिर्जना भए पनि आइतबारबाट विस्तार उडान समान्य हुँदै गएको त्रिभुवन विमानस्थलका कार्यालयका प्रवक्ता ठाकुर बताउँछन् । ‘मौसम अनुकूल हेरेर एयरलाइन्स कम्पनीले उडान गरिरहेको छन', उनले भने, ‘विराटनगर विमानस्थलमा भने आइतबार पनि उडान सम्भव छैन, विमानस्थलमा तीन फिटभन्दा बढी पानी जमेको छ ।'

विराटनगर विमानस्थलको अवस्थालाई मध्यजनर राख्दै सौर्य एयरलाइन्सले मंगलबारसम्म उडान नगर्ने जनाएको छ । सौर्यले विराटनगरमा दैनिक दुईवटा उडान गर्दै आएको थियो । सौर्यले झापाको भद्रपुरमा भने मौसम अनुकूल भएकाले अवस्थामा उडान गरेको जनाएको छ ।

यस्तै सौर्यले नेपालगन्ज र भैरहवाका पनि मौसम अनुकूल समयमा उडान गरेको एयरलाइन्सको बजार व्यवस्थापक प्रमुख मुकेश खनालले जानकारी दिए । उडान भनेकै समयमा हुने अवस्थामा भने निकै नै कम छ । यात्रुले उडान नभएको अवस्थाका टिकट अन्य मितिका लागि सार्न चाहेको अवस्थामा सार्ने र रद्द गर्दै रकम फिर्ता लिन चाहेको अवस्थामा पूरै रकम फिर्ता गरेको खनालले जानकारी दिए ।

आन्तरिक उडानमा सबैभन्दा बढी हिस्सा आगट्न सफल बुद्ध एयरलाइन्सले पनि विराटनगर विमानस्थलमा केही दिन उडान गर्ने नसक्ने जनाएको छ ।
विराटनगरसँगै तुम्लिङटारमा पनि मौसम खराबका कारण उडान नभएको बुद्ध एयरलाइन्सका रूपेश जोसीले बताए ।

विराटनगरमा सबैभन्दा बढी दैनिक ६ वटा उडान गर्ने बुद्ध एयरलाइन्स हो । त्यसबाहेक अहिले विराटनगरमा सौर्य र यतीले उडान गर्दै आएको छ । अन्य स्थानमा भने मौसम अनुकूल हरेर उडान गरिरहेको बुद्ध एयरलाइन्सको भनाइ छ । यती एयरलाइन्सले पनि मंगलबारसम्मको विराटनगर उडान बन्द गर्ने निर्णय गरेको छ । उडान अवरोधका कारण यतीले पनि टिकट सार्ने र रद्द गर्नेलाई रकम फिर्ता गरिरहेको छ ।

यती एयरलाइन्सका बजार व्यवस्थापक प्रमुख भीमराज राईले अन्य विमानस्थलमा भने मौसम अनुकूल हरेर उडान भइरको बताए । तर, अन्य विमानस्थलमा पनि पूर्णरूपमा जहाज उड्न भने सकेका छैन ।

यस्तो छ समस्या प्रवक्ता ठाकुरका अनुसार भैरहवा विमानस्थल अहिलेसम्म समस्या आएको छैन । तर, मौसम प्रतिकूलतका कारण कतिबेला उडान रद्द हुने वा डिले हुने भन्ने यकिन छैन । मौसम अनुकूल भएको अवस्थामा उडान भइरहेको छ । यस्तै नेपालगन्ज विमानस्थलमा पनि उडान भइरहेको छ । मौसम प्रतिकूलताका कारण जहाज उडने समयमा भने केही तलमाथि छ । धनगढी विमानस्थलमा अहिलेसम्म खासै समस्या नभए पनि पूर्णरूपमा भने उडान भएको छैन । यसैगरी धनुषाको जनकपुर विमानस्थलको पार्किङमा पानी जमे पनि रन वेबाटै यात्रु ओसारपसार गरेर भए पनि उडान सुचारु गरेको ठाकुरले जानकारी दिए ।

सिमरामा शनिबार समस्या देखिए पनि आइतबार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । लुक्ला विमानस्थलमा भने शुक्रबारदेखि नै उडान हुन सकेको छैन । लुक्ला विमानस्थलमा प्रायः यो समय मौसम प्रतिकूलताका कारण उडानमा असज हुने समय नै हो । मौसम अनुकूल भएको अवस्थामा एक÷दुई उडान हुने भए पनि अहिले हुन नसकेको ठाकुले जानकारी दिए । चितवनको भरतपुर विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसम अनुकूल भएको अवस्थाका केही उडान भइरहेको विमानस्थल कार्यालयको भनाइ छ । अन्य दिनमा जस्तै उडान हुन मनसुन सक्रिया हुँदा सम्भव नभएको ठाकुरको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.