पीडितलाई सहयोग गर्न महासंघको अपिल

पीडितलाई सहयोग गर्न महासंघको अपिल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित क्षेत्रमा तत्काल सेवा पुर्‍याउन नगद तथा जिन्सी गरी एक करोड रुपैयाँबराबरको सहयोग घोषणा गरेको छ । महासंघ आफ्ना सदस्य एवं विभिन्न संघसंस्थासमेतको सहकार्यमा बाढी प्रभावितको सहयोगमा जुटेको हो ।

केही दिनदेखि अविरल रूपमा परेको वर्षाका कारण मुलुकभर ठूलो धनजनको क्षति भएको छ । खासगरी तराई क्षेत्र बाढीले डुवानमा परेपछि मानिस घरबारबिहीन भएका छन् । ‘वर्षाका कारण भएको ठूलो धनजनको क्षतिप्रति महासंघ गहिरो दुःख व्यक्त गर्दछ' आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

बाढी प्रभावितलाई उपलब्ध गराइने तत्कालीन सहयोगमा महासंघको तर्फबाट नगद १० लाख रुपैयाँ, नेपाल औषधि उत्पादक संघको तर्फबाट ५० लाख बराबरको औषधि, नेपाल युवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी पाँच लाख, बागमती सफाइ महाअभियानको तर्फबाट १० लाख नगद र अन्य संघसंस्थाबाट १० लाख रुपैयाँ सहयोग पहिलो चरणमा जुटाइएको हो ।

बाढीपहिरो प्रभावितलाई सहयोग गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्सीय बाढीपहिरो व्यवस्थापन कार्यदलसमेत गठन गरिएको छ । बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता सञ्चालनमा ल्याएको छ ।

विपत्तिमा परेका जनताको सहयोगार्थ महासंघले सञ्चालनमा ल्याएको खाता नम्बर ०१२५०००००६३५ मा आ-आफ्नो तर्फबाट नगद सहयोग गर्न महासंघले सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसियट सदस्यहरू, उद्यमी व्यवसायी, गैरआवासीय नेपाली संघलगायत सबैमा अपिल गरेको छ । जुनसुकै बैंकबाट पनि महासंघको उक्त खातामा सहयोग रकम पठाउन सकिनेछ ।

‘विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने वस्तु तथा सेवाको प्राथमिकीकरण गरी यथासीघ्र महासंघ सचिवालयमा जानकारी गराउन तथा विपतको घडीमा अग्रस्थानमा रहेर जनताको सेवा गर्न महासंघ आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, सदस्यहरूलगायत सबैमा आग्रह गर्दछ' विज्ञप्तिमा भनिएको छ ।

संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका बखत सदैव खुला हृदयले सहयोग गर्दै आएको स्मरण गराउँदै महासंघले आफ्ना सबै सदस्य संघसंस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर जनताको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.