टेलिकमको देशभर निःशुल्क एसएमएस सेवा

टेलिकमको देशभर निःशुल्क एसएमएस सेवा

काठमाडौं : नेपाल टेलिकमले बाढीग्रस्त विभिन्न २३ जिल्लामा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आइतबार साँझदेखि साउन ३१ गते (मंगलबारसम्म) देशभित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराएको छ । टेलिकमले देशभर लागू हुने गरी यो सेवा उपलब्ध गराएको हो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले टेलिकमलाई यस्तो सेवा दिन निर्देशन दिएका थिए । मन्त्री बस्नेतले आइतबार टेलिकमले आयोजना गरेको सञ्चारकर्मी सम्मान कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निःशुल्क गर्ने निर्णय आइतबारबाटै कार्यान्वयन भएको जानकारी दिए । टेलिकमले यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न पाउने गरी सुविधा दिएको छ । ‘नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यकबाहेकका काममा एसएमएस प्रयोग नगर्न आग्रह गरेको सहायक प्रवक्ता अधिकारीले उल्लेख गरे ।

कार्यक्रममा टेलिकमले सञ्चारकर्मीद्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रूपमा र सञ्चारकर्मी विश्वास रेग्मीलाई सम्मान गरेको छ । आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन गरेबापत यो सम्मान प्रदान गरिएको पनि उल्लेख छ ।

कार्यक्रममा मन्त्री बस्नेतले नेपाल टेलिकमले दुर्गम स्थानमा पनि सेवा उपलब्ध गराउनुपर्ने दायित्व सरकारी कम्पनी भएकाले पनि टेलिकमकै भएको बताए । उनले यस कम्पनीले छिटोछरितो रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह पनि गरे । उनले कम्पनीले तय गरेका कार्यक्रम प्रभावकारी रूपमा निश्चित समयभित्र कार्यान्वयन गर्न निर्देशन दिए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रत्येक विपतको समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गरे । मुलुकका सम्पूर्ण स्थानमा सेवा पुर्‍याएर पनि सधैं पहिलो नम्बरमा रहनु पर्ने कम्पनीको बाध्यता रहेको उनको भनाइ छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रूपमा बल्क एसएमएसमार्फत निःशुल्क रूपमा आवश्यक जानकारी गराउने कार्यसमेत निरन्तर चलिरहेको बताइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.