घुष खुवाएर सामान ल्याउँन खोज्दा ताक्लाकोटका ११ नेपाली पसलमा ताला

 घुष खुवाएर सामान ल्याउँन खोज्दा ताक्लाकोटका ११ नेपाली पसलमा ताला

सिमकोट: चीनको स्वसाशित क्षेत्र तिब्ततको ताक्लाकोटबाट चिनियाँ कष्टमलाई नेपाली व्यापारीले घुष खुवाएर मैदा लगायतका दैनिक उपभोग्य सामाग्री ल्याएपछि ताक्लाकोटमा भएका ११ नेपालीहरुका पसलको सामान जफत भएको छ भने १ सय ५० बढी होटल तथा पसल बन्द भएका छन्।

ताक्लाकोटको कष्टमले गएको सुक्रबार देखि आफूलाई नेपाली व्यापारिले फसाएको भन्दै जथाभावी गर्न थालेपछि ताक्लाकोट मा भएका नेपालीहरुका पसल बन्द भएका हुन्।पसल बन्द भएपछि केही पैशा कमाउन भन्दै पसल र होटेल व्यवसाय गरेर ताक्लाकोटमा बसेका नेपालीहरुको बिचल्ली भएको छ।

चिनिया कष्टमले जथाभावी गाली गलौज, हातापत गर्दै पसलमा भएका सामानहरु बेरामा हाल्दा नेपालीका ११ पसलका अधिकांश सामाग्री जफत भएको ताक्लाकोटमा पसल गरेर बसेका हेप्काका व्यापारि छिरिङ्ग लामाले जानकारी दिए।

उनका अनुशार कष्टमले ताक्लाकोटमा भएका मुचुका पेमा कुन्दी लामा, लिमिका तौ लामा, कार्मा लामा र श्यामजोर लामाको पसलको सामान जफत गरिएको छ। यसैगरी चिनिया कष्टमले ताक्लाकोटमा व्यापार गरेर बसेका हेप्काका कार्मा लामा र बुटिक लामा, केर्मीका छमु लामा, लालबहादुर लामा, खगालगाउँका पेमाजिक्मेत लामा, मुगुका दोर्जी लामा र बझाङ्गका जगत तामाङ्गको सामान जफत भएको भएको छ।

चिनको सिमानाका नेपालीहरुको प्रति सिमापास एक कट्टा मैदा र सोही परिमाणको अन्य दैनिक उपभोग्य सामाग्री लिन दिएको कष्टमलाई २ जना नेपाली व्यापारिले घुष खुवाएर १ हजार कट्टा मैदार सोही परिमाणको अन्य सामान लिएपछी चिनिया कष्टमले जथाभावी गर्न थालेको हो।

नेपालीले घुष दिएको सूचनाका आधारमा चिनिया कष्टम प्रहरीको कारवाहीमा ताक्लाकोटका कष्टम पिएन पेम्बा सहित दुई जना कारबाहीमा परेपछि नेपाली व्यापारीमाथी ज्यादती शुरु भएको ताक्लाकोटमा व्यापार गरेर बसेकी माया लामाले जानकारी दिइन।

हिल्सा नाका अनधिकारिक रुपमा खुला नभएको भन्दै हरेक सिमापास बापत एक कट्टा मैदा र सोही अनुशारको सामानमात्रै ल्याउन अनुमतीले व्यापारिक प्रयोजनका लागि सामान ल्याउन नपाएको भन्दै लाक्पा छिरिङ्ग लामा र तावा अटुक लामाले चिनिया कष्टुमलाई प्रति कट्टा मैदा वापत २० चिनिया युआन घुष दिएर १ हजार कट्टा मैदा र सोही परिमाणको सामान छोडेको सुराकीका आधारमा कष्टुम प्रहरीले ताक्लाकोटका कष्टम पिएन पेम्बा कारबाहीमा परेका थिए।

कानुन विपरित घुस खाएर सामान छोडेको आरोपमा कष्टम प्रहरीले आफूलाई कारबाही गरेको भन्दै नेपाली प्रती निकै कडा भएको चिनिया पक्षले ताक्लाकोटमा भएका सबै नेपाली पसल र होटेल सिल गरेको ताक्लाकोटमा भएका हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्गले जानकारी दिए।

कुटनीतिक मर्यादा र स्थानीय स्तरमा भएको व्यापारिक सहमती विपरित ताक्लाकोट कष्टमले नेपाली व्यापारि माथि ज्यादती गरेको बताएका तामाङ्गले अन्नपूर्णसँग भने, 'ताक्लाकोट कष्टमको ज्यादती विरुद्ध ताक्लाकोटमा भएका नेपाली व्यापारिले कुटनीतिक पहल गर्न लहासामा भएको महाबाणीज्य कार्यालय र कष्टम प्रहरी समक्ष समेत उजुरीको तयारी गरेका छौं।'

लगातार पाँच दिन देखि कष्टमले आफूहरु माथि ज्यादती गर्न थालेपछि ताक्लाकाटमा भएका नेपाली व्यापारिको संगठन कैलास व्यापार संघ र लिमि व्यापार संघका पदाधिकारीहरुको संयुक्त बैठकले ताक्लाकोटका कष्टम पिएन पेम्बा विरुद्ध उजुरी गर्ने निर्णय गरेको कैलास व्यापार संघका सचिव जगतबहादुर तामाङ्गले जानकारी दिए।

पाँच दिनको कष्टुमको ज्यादतीले आफूलाई बस्नपनि समस्या भएको बताएका तामाङ्गले अनुगमनमा आएका चिनिया कष्टम प्रहरीको कारबाहीमा चिनिया कष्टमका एक जना कर्मचारीलाई कारबाही र एक जनालाई घटुवाको कारबाही परेको झोकमासुक्रबार देखि कष्टमको ज्यादतीले नेपाली व्यापारिले हैरानी खेप्नु परेको जानकारी दिए ।

नेपाली पक्ष बेखबर
चिन र नेपाली सिमानामा बाट झण्डै २ घण्टाको दुरीमा रहेको नेपाली सिमा सुरक्षाका लागि खटिएको नेपाल प्रहरीले भने ताक्लाकोटमा नेपाली व्यापारि माथि भएको ज्याजतीका बारेमा अनज्ञिता प्रकट गरेको छ।

ताक्लाकोटमा नेपाली व्यापारि माथि चिनिया कष्टकमले गरेको ज्यादतीको कुनै खबर आफूलाई नआएको बताएका सहायक प्रमूख जिल्ला अधिकारी ऋद्धीप्रकास सिटौलाले त्यसको बारेमा आफुले हिल्सामा भएको सुरक्षा निकायमा बुझ्ने बताए।

आफ्नो परिवार र २० जनाको टोली सहित मानसरोवरको भ्रमणबाट २ दिन अघि मात्रै सिमाकोट पुगेका सहायक प्रमूख जिल्ला अधिकारी सिटौलाले आधिकारीक जानकारी आएमा सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिए। कैलाश मानसरोवरको भ्रमणका लागि श्रीमती र परिवार सहित प्रमूख जिल्ला अधिकारी हिल्सामा पुगेको बताएका सिटौलाले केही समयमै खबर आउने आश गरे।

तर नेपाली प्रशासनले आफूमाथि भएको ज्यादती कम गर्ने काममा नलागेको प्रति आक्रोसित ताक्लाकोटमा भएका नेपाली व्यापारीले प्रशासनका कर्मचारी आफन्तलाई मानसरोवर घुमाउने काममा मात्रै केन्द्रित भएकाले आफू थप मर्कामा परेको ताक्लाकोटमा भएको नेपाली वयापारी दावा लामाले गुनासो गरे।

हरेक महिनामा चार वटा सरकारी कर्मचारीको टोली मानसरोवर भ्रमणका लागि ताक्लाकोट पुग्ने र चिनिया पक्षको आतित्थ्यमा भुल्ने गरेकाले चिनिया पक्षले आफ्नो बारेमा नकरात्मक सोच्ने गरेको हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्गले आरोप लागए।

जिल्लाका नाममा सरकारी कर्मचारीको मानसरोवर भ्रमण गर्ने माध्यमका रुपमा मात्रै चिनिया पक्षसँगको सरकारी हिमचिम सिमित रहेको बताएका छिरिङ्ग लामाले अब केन्द्रबाट पहल नभएसम्म आफूलाई न्याय नहुने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.