नेपाली पसलमा चिनियाँ ताला!

नेपाली पसलमा चिनियाँ ताला!

सिमकोट : ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली व्यापारीले फसाएको भन्दै जथाभावी गर्न थालेपछि ताक्लाकोटमा भएका नेपालीका पसल बन्द भएका छन् । यसबाट पसल र होटेल व्यवसाय गरेर ताक्लाकोटमा बसेका नेपालीको बिचल्ली भएको छ । चिनियाँ भन्सार कार्यालयका प्रतिनिधिले जथाभावी गालीगलौज, हातपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका ११ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका व्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए ।

भन्सार कार्यालय प्रनिनिधिले ताक्लाकोटमा भएका मुचुका पेमा कुन्दी लामा, लिमिका तौ लामा, कार्मा लामा र श्यामजोर लामाको पसलका सामान जफत गरेका छन् । साथै हेप्काका व्यवसायी कार्मा लामा र बुटिक लामा, केर्मीका छमु लामा, लालबहादुर लामा, खगालगाउँका पेमाजिक्मेत लामा, मुगुका दोर्जी लामा र बझाङका जगत तामाङको सामान जफत भएको भएको छ ।

चीनको भन्सार कार्यालयले नेपालीहरूलाई प्रति सीमापास एक कट्टा मैदा र सोही परिमाणका अन्य दैनिक उपभोग्य सामग्री लिन दिएको थियो । तर कार्यालयलाई दुईजना नेपाली व्यापारीले घुस खुवाएर एक हजार कट्टा मैदा र सोही परिमाणका अन्य सामान लिएपछि चिनियाँ भन्सारले जथाभावी गर्न थालेको हो । नेपालीले घुस दिएकोे सूचनाका आधारमा चिनियाँ भन्सार प्रहरीको कारबाहीमा ताक्लाकोट भन्सारका पीएन पेम्बासहित दुईजना कारबाहीमा परेका थिए । यसपछि नेपाली व्यापारीमाथि चिनियाँ भन्सार कार्यालयको ज्यादती सुरु भएको ताक्लाकोटकी व्यवसायी माया लामाले जानकारी दिइन् ।


ताक्लाकोटबाट चिनियाँ भन्सार कार्यालयलाई नेपाली व्यापारीले घुस खुवाएर मैदालगायत दैनिक उपभोग्य सामग्री ल्याएपछि यहाँका ११ नेपालीका पसलको सामान जफत भएको छ । एक सय ५० भन्दा बढी होटल तथा पसल बन्द भएका छन् ।

हरेक सीमा पासबापत एक कट्टा मैदा र सोहीअनुसारको सामानमात्रै ल्याउन पाइन्छ । तर यस्तो व्यवस्थाका कारण व्यापारिक प्रयोजनका लागि सामान ल्याउन नपाएको भन्दै लाक्पा छिरिङ लामा र तावा अटुक लामाले चिनियाँ भन्सार कार्यालयलाई प्रतिकट्टा मैदाबापत २० चिनियाँ युआन घुस दिएर एक हजार कट्टा मैदा र सोही परिमाणको सामान छाडेको सुराकीका आधारमा भन्सार प्रहरीले ताक्लाकोटका भन्सारका पेम्बा कारबाहीमा परेका थिए ।

यस कारणलाई देखाउँदै चिनियाँ पक्षले ताक्लाकोटका सबै नेपाली पसल र होटेल सिल गरेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । कूटनीतिक मर्यादा र स्थानीय स्तरमा भएको व्यापारिक सहमतिविपरीत ताक्लाकोट भन्सार कार्यालयले नेपाली व्यापारीमाथि ज्यादती गरेको तामाङको भनाइ छ । ‘ताक्लाकोट भन्सार कार्यालयको ज्यादतीविरुद्ध नेपाली व्यापारीले कूटनीतिक पहल गर्न ल्हासामा भएको महावाणिज्यदूतावास कार्यालय र भन्सार प्रहरीसमक्ष समेत उजुरीको तयारी गरेका छौं', उनले भने ।

पाँच दिनदेखि भन्सार कार्यालयले आफूहरूमाथि ज्यादती जारी राखेपछि ताक्लाकाटका नेपाली व्यापारीको संगठन कैलाश व्यापार संघ र लिमी व्यापार संघका पदाधिकारीको संयुक्त बैठकले ताक्लाकोट भन्सारका पेम्बाविरुद्ध उजुरी गर्ने निर्णय गरेको कैलाश व्यापार संघका सचिव जगतबहादुर तामाङले जानकारी दिए ।

नेपाली पक्ष बेखबर

चीन र नेपाली सिमानाबाट झन्डै दुई घन्टाको दूरीमा रहेको नेपाली सीमा सुरक्षाका लागि खटिएको नेपाल प्रहरीले भने ताक्लाकोटमा नेपाली व्यापारीमाथि भएको ज्यादतीबारे अनभिज्ञता प्रकट गरेको छ । ताक्लाकोटमा नेपाली व्यापारी माथि चिनियाँ भन्सारले गरेको ज्यादतीबारे आफूलार्य कुनै खबर नआएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.