काठमाडौंमा ‘एयरक्राफ्ट फायर फाइटर' सम्मेलन

काठमाडौंमा ‘एयरक्राफ्ट फायर फाइटर' सम्मेलन

काठमाडौं : अन्तर्राष्ट्रिय ‘एयरक्राफ्ट फायर फाइटर' सम्मेलन काठमाडौंमा सुरु भएको छ । विश्वमा बढ्दो जहाज आगलागीका घटना न्यूनीकरण गर्दै नयाँ प्रविधिको प्रयोगबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । हवाई सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय तथा प्रभावकारी बनाउने लक्ष्यका साथ नेपालमा पहिलोपटक ‘एयरक्राफ्ट फायर फाइटर' सम्मेलन आयोजना गरेको हो ।

काठमाडौंको सोल्टी होटलमा सुरु भएको सम्मेलन बुधबार र बिहीबार चल्नेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का प्रतिनिधिसहित अमेरिका, भारत, स्विडेन, डेनमार्क र सुडानलगायत देशका स्पिकर सम्मेलनमा सहभागी छन् । नेपाल उद्धार तथा अग्नि निवारक संघले अमेरिकाको एआरएफएफ (एयर फाइटर वर्किङ ग्रुप) सँगको सहकार्यमा पहिलोपटक ‘एयरक्राफ्ट फायर फाइटर' सम्मेलन गरेको हो ।

उपराष्ट्रपति नन्द्रबहादुर पुनले सम्मेलनको उद्घाटन गरेका हुन् । सोही अवसरमा उपराष्ट्रपति पुनले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापनमा फायर फाइटरको योगदान देशका लागि महत्ववपूर्ण रहेको बताए । राज्यले एयरक्राफ्ट फायर फाइटरलगायत सीटी फायर फाइटरले गरेको कामका आधारमा त्यसको उचित कदर गर्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ । फायर फाइटरका लागि आवश्यक सामान अभाव र चुनौती दुवै छ । तर, फायर फाइटरको काममा कमी नभएको उपराष्ट्रपति पुनले बताए।

विश्वमा हवाई यातायात सेवाको विकास एवं विस्तारसँगै हवाई घटना तथा दुर्घटना बढ्दो छ । सोही अवस्थालाई दृष्टिगत गरी दुर्घटना न्यूनीकरण गर्न सम्मेलन गरिएको संघका अध्यक्ष अरुणकुमार आर्चायले बताए । एयरक्राफ्ट फायर फाइटर विमानस्थलमा मात्रै सीमित नभइ सीटी फायर फाइटरसँग पनि आबद्ध रहेको आचार्यको भनाइ छ।

नेपालका विभिन्न विमानस्थलमा रहेका ‘एयरक्राफ्ट फायर फाइटर' काममा दक्ष र लगनशील रहेको उनको दाबी छ । केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको जहाज ल्यान्डका क्रममा दुर्घटना हुँदा पनि फायर फाइटरले ठूलो घटना हुन नदिएको आचार्यको दाबी छ।

आईकाओको नियमअनुसार विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा फायर फाइटरले दुई मिनेटभित्र ९० प्रतिशतभन्दा बढी अग्नि नियन्त्रण गर्दै उद्धारमा लाग्नुपर्ने उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आबद्ध सबै फाइर फाइटर यसका लागि दक्ष रहेको आचार्यले बताए । सम्मेलनमा सैद्धान्तिक र व्यावहारिक दुवै विषयमा जानकारी गराइनेछ।

सम्मेलनमा युरोप, अमेरिका, अफ्रिका र एसियाली राष्ट्रबाट २० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनमा युरोप, अमेरिका, अफ्रिका र एसियाली राष्ट्रबाट २० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सीटी फायर फाइटर, नेपाल आर्मीका फायर फाइटर, नेपाल प्रहरीका फायर फाइटर र एपीएफ प्रहरीका फायर फाइटर पनि सहभागी छन् । सम्मेलनमा अग्नि नियन्त्रणका लागि विश्वमा पछिल्लो समय विकास भएका प्रविधिबारे जानकारी दिनुका साथै कसरी आगलागी कम गर्न सकिन्छ भने विषयका छलफल हुने आयोजकले जनाएको छ ।

सात विमानस्थलमा एयरक्राफ्ट फायर फाइटर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक प्रमुख सात विमानस्थलमा पनि ‘एयरक्राफ्ट फायर फाइटर' छन् । त्रिभुवन विमानस्थलमा भने नौ तहका एयरक्राफ्ट फायर फाइटर छन् । विश्वमा सबैभन्दा माथिल्लो एयरक्राफ्ट फाइर फाइट दसौं तहसम्मका छन् । १० तहका फाइटर रहने विमानस्थल विकसित राष्ट्रमा थुप्रै छन् । नेपालले भने बोइङ ७७७ को आधारमा नौ तहको मान्यता पाएको छ ।

दसौं तहको मान्यता पाउने विमानस्थले एयरबस ३३० प्रयोग गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाहेक विराटनगर, नेपालगन्ज, भैरहवा, पोखरा र सिमरा विमानस्थलमा अग्नि यन्त्रसहितको एयरक्राफ्ट फायर फाइटर रहेको सघंले जनाएको छ।

त्यसबाहेक सुर्खेतको विमानस्थल र लुक्का विमानस्थलमा पनि सामान्य रूपमा अीग्न नियन्त्रण गर्न सक्ने अल्ट्रालाइटसहित दुई÷दुईजनाको फायर फाइटर टोली रहेको आचार्यले जानकारी दिए । अन्य विमानस्थलमा पनि अीग्न नियन्त्रणका लागि केमिकल र ग्याससहितको प्रबन्ध गरिएको उनले बताए ।

देशमा रहेका एक सय ८९ एयरक्राफ्ट फायर फाइटरमध्ये एक सय पाँचजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छन् । विमानस्थल बन्द रहेको समयमा पनि एयरक्राफ्ट फायर फाइटर तयारी अवस्थामा बसेका हुन्छन् । फायर फाइटरकै लागि अहिले प्राधिकरणले १६ जना छनोटका लागि नेपाल प्रहरीको सहयोगमा तालिम गरिरहेको छ । उनीहरूको अब केही समयपछि लिखित परीक्षा हुनेछ ।

विमानस्थल आसपासको बस्ती चुनौती

एयरक्राफ्ट फायर फाइटर तथा विमानस्थलका कर्मचारीलाई आसपासमा रहेको बस्तीले भने केही समस्या सिर्जना गरेको छ । विमानस्थलनजिकै रहेको घरबाट फालिने फोहोर खान आउने चराचुरूंगी तथा जंगली जनावरले विमानस्थलाई थप असुरक्षित बनाएको आचार्य बताउँछन् । संघले बेलाबेलामा स्थानीयसँग अन्तक्र्रिया गर्दै फोहोर बाहिर नफाल्न आग्रह गर्दै आएको पनि छ । फोहोर खान आउने जंगली जनावर रन वेतर्फ गएको अवस्थाका ठूलो दुर्घटना हुने अवस्था आउने उनको भनाइ छ ।

३० वर्ष पुरानो यन्त्रको भरमा सीटी फायर फाइटर

विमानस्थलसँग रहेको सीटी फायर फाइटर भने २०४२ सालतिरकै प्रविधिका भरमा चल्नुपरेको छ । सीटीले नयाँ प्रविधिअनुसार चलेको भने पनि अहिलेसम्म नयाँ प्रविधि खरिद गर्न सकेको छैन । सीटी फायर फाइटर पहिले रक्षा मन्त्रालय मातहत रहे पनि अहिले गृह र स्थानीय निकाय मातहत छ । सीटी फायर फाइटरको दरबन्दी पनि ९० जनाको हाराहारीमा मात्रै छ । देशमा कुनै ठूलो आगलागीका घटना भएको अवस्थामा त्यो टिमले पूर्ण काम गर्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.