विराटनगर विमानस्थल खुल्न अझै तीन दिन लाग्ने

विराटनगर विमानस्थल खुल्न अझै तीन दिन लाग्ने

विराटनगर : गत शुक्रबारदेखि अवरुद्ध विराटनगर विमानस्थल खुल्न अझै तीन दिन लाग्ने भएको छ। नहरको बाँध फुटाएर विमानस्थलको धावनमार्गमा वर्षाको भेल छिरेपछि त्यहाँ दुई फिटसम्म माटोको लेदो जमेको थियो। त्यसलाई हटाउन अझै केही दिन लाग्ने विमानस्थल कार्यालयका प्रवक्ता सन्तोष ढकालले जानकारी दिए।

‘शुक्रबार नै सञ्चालनमा ल्याउने तयारीमा जुटेका थियौं', उनले भने, ‘आजसम्म ४० प्रतशत मात्र काम सक्यौँ, हामीलाई अझै तीन दिन समय लाग्छ।' विमानस्थलमा रहेका कम्प्युटरलगायत अत्यावश्यक उपकरणमा समेत पानी पसेर लाखौं रुपैयाँको नोक्सानी भएको उनको भनाइ छ।

विमान सेवा कम्पनीका उपकरणसमेत पानीले नष्ट गरेको छ। बुद्ध, यती, सौर्य र नेपाल एयरलायन्सका सेवा प्रवाह गर्ने कार्यालयका कम्प्युटर, ल्यापटप, टेलिभिजन, फ्रिज, प्रिन्टरलगायत सामग्री र महत्ववपूर्ण कगजात कामै नलाग्ने गरी बिग्रिएका छन्। बाढीले आठ लाख रुपैयाँबराबरको क्षति भएको यती एयरलायन्सका विराटनगर इन्चार्ज प्रेम कुँवरले जानकारी दिए। ‘मुख्य बोर्डिङ क्षेत्र र सुरक्षा जाँच गर्ने स्थानमै दुई मिटरसम्म पानी पस्यो। माटोको लेदोले पुरिएका सबै सामान कामै नलाग्ने भए', उनले भने ।

विमानस्थलमा रहेका कम्प्युटरलगायत अत्यावश्यक उपकरणमा समेत पानी पसेर लाखौं रुपैयाँको नोक्सानी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.