उद्योग वाणिज्य संघ दाङमा भुषाल

उद्योग वाणिज्य संघ दाङमा भुषाल

घोराही : दाङ जिल्ला उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आएको छ। दुई समूह भएर निर्वाचनमा गएका व्यवसायीहरुले निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरेका हुन्। निर्वाचन बाट संघको अध्यक्षमा नारायण भुषाल निर्वाचित भएका छन्।

भुषालले अध्यक्ष उम्मेदवार मन्जु बज्राचार्यलाई पछि पार्दै जित हात पारेका छन्। भुषाल संयुक्त प्यानल र बज्राचार्य प्रजातान्त्रिक प्यानल बाट चुनावी दौडमा रहेका थिए। संघको उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंकसिह बुढाथोकी, महासचिवमा नरेश कार्की प्रजातान्त्रिक प्यानलवाट चुनवा लडेर विजय भएका छन्।

कार्की झिनो मत अन्तरले महासचिवमा विजयी भएका हुन। उनको ४ मतको मात्रै अन्तर छ। सचिवमा माया कुमारी पोख्रेल , कोषाध्यक्षमा सुशिल पोख्रेल निर्वाचित भएका छन्। संघको उद्योग सदस्यमा टंक प्रसाद पोख्रेल, महिला सदस्यमा बिन्दु दाहाल, सदस्यहरुमा महेन्द्र वुढाथोकी, राम प्रसाद पोख्रेल, पिताम्वर शर्माल, छवि नारायण गिरी, धनपति शर्मा, र मिनराज भाट निर्वाचित भएका छन्।

संघको नवनिर्वाचित नेतृत्वमा संयुक्त प्यानलवाट अध्यक्ष सहित ३ जना सदस्य निर्वाचित भएका छन् भने प्रजातान्त्रिक प्यानलवाट उपाध्यक्ष सहित १० जना निर्वाचित भएका छन्।

संघलाई साझा बनाउँछु: भुषाल
दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद भुषालले संघलाई सबै व्यवसयाीको साझा संस्था बनाउने बताएका छन्। उनले भने, ‘निर्वाचनको मैदानमा जुन खेमावाट उत्रिए पनि निर्वाचन पछि हामी व्यावसायिक र संघको विकासका कटिबद्ध हुने छौ।'

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.