ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट पूर्वाधार

ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट पूर्वाधार

काठमाडौं : ग्रामीण क्षेत्रसम्म निःशुल्क इन्टरनेट सुविधा पुर्‍याउन पूर्वाधार विस्तार अघि बढिरहेको छ । सरकारले सन् २०१८ भित्रै हरेक ग्रामीण क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजना बनाएको थियो । इन्टनरेट पूर्वाधार पुगेको पहिलो दुई वर्ष निःशुल्क सेवा दिने गरी ग्रामीण दूरसञ्चार विकास कोषबाट आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।

७५ जिल्लामै इन्टरनेट पुर्‍याउन दूरसञ्चार प्राधिकरणमार्फत मध्यपहाडी लोकमार्ग भएर सम्बन्धित जिल्ला सदरमुकामसम्म सूचना महामार्गको पूर्वाधार बनाउन विभिन्न कम्पनीलाई जिम्मा दिइसकिएको छ । प्रदेश नं १ र ३ मा टेलिकमले, ४ र ५ मा यूटीएलले पूर्वाधार बनाउने जिम्मा पाइसकेका छन् । ६ र ७ नं प्रदेशको प्रस्ताव मूल्यांकन चरणमा छ । सोही सूचना महामार्गलाई आधार बनाएर प्राधिकरणले गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार गर्दै छ । प्राधिकरणले एक वर्षभित्रै इन्टरनेट पूर्वाधार पुर्‍याइसक्नुपर्ने गरी एकपछि अर्को प्रदेशको प्याकेज सार्वजनिक गरेको छ ।

प्राधिकरणले शुक्रबारसम्म ३७ जिल्लामा इन्टरनेट पुर्‍याउने प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले शुक्रबार प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा इन्टरनेट विस्तार गर्न उपयुक्त कम्पनी छनोटका लागि ९० दिनको समय दिएर प्रस्ताव माग गरेको छ । प्रदेश नं ७ को दार्चुला, डोटी, डडेलधुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा एक वर्षभित्रै द्रुत गतिको इन्टरनेट पुर्‍याउनुपर्ने गरी प्रस्ताव आह्वान गरिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मि श्रले जानकारी दिए ।


ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, गाउँ, नगर एवं वडा कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याइनेछ ।

शुक्रबार थपिएका विभिन्न १० जिल्लासहित ३७ जिल्लामा पूर्वाधार विस्तारको काम सुरु भएको उनले बताए । ‘भूकम्पप्रभावित ११ जिल्ला, प्रदेश नं ६ अन्तर्गत कर्णालीका आठ जिल्ला, प्रदेश नं २ का आठ जिल्ला, प्रदेश नं १ र ७ का १० जिल्ला गरी ३७ जिल्लामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने काम अघि बढाइएको हो', उनले भने ।

यी जिल्लामा आवश्यक पूर्वाधार तय गरेर सेवाप्रदायकले इन्टरनेट सेवा सुरु गर्नेछन् । सुरुको दुई वर्ष अनुदानमा दिएको रकमको उचित प्रयोग, प्रविधिको विकास, प्रचार, सामाजिक दायित्वसहितका दृष्टिले निःशुल्क हुनेछ । त्यसपछि प्राधिकरणबाट स्वीकृत न्यूनतम दरमा इन्टरनेट दिनुपर्नेछ । सूचना महामार्ग बनाएर ७२ जिल्लामै इन्टरनेट पुर्‍याउन प्राधिकरणले लागत रकम अनुदानमा दिएको छ ।

भूकम्पप्रभावित जिल्लामा सुबिसु, नेपाल टेलिकम र मर्कन्टायलले इन्टरनेट पुर्‍याउने जिम्मा पाएका छन् । कर्णालीका चार जिल्लामा वल्र्डलिंकले जिम्मा पाएको छ भने बाँकी चार जिल्ला पनि सोही कम्पनीले पाउने निश्चित छ । प्रदेश नं २ का आठ जिल्लामा एक सातापछि मूल्यांकन सुरु हुनेछ । बाँकी जिल्लामा इन्टरनेट सेवा पुर्‍याउन प्राधिकरणले कम्पनी छनोट गर्न लागेको बताएको छ । यस्तो इन्टरनेट सेवा ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, गाउँ, नगर तथा वडा कार्यालयमा निःशुल्क पुर्‍याइनेछ । यी ठाउँमा इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क दिइने प्राधिकरणको भनाइ छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ३० को उपदफा (४) मा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा स्थापना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको विस्तार र सञ्चालनका लागि प्राधिकरणले छुट्टै कोष खडा गर्ने उल्लेख छ । अनुमतिपत्र दूरसञ्चार संस्थाले प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशत उक्त कोषमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था छ । यस कोषमा हाल विभिन्न ६ वटा दूरसञ्चार सेवाप्रदायक र इन्टनरेट सेवाप्रदायकबाट वार्षिक दुई अर्ब रुपैयाँ संकलन हुने गर्छ ।

दूरसञ्चारतर्फ हाल नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, सीजी टेलिकम, स्मार्ट टेलिकम र यूटीएलले सेवा प्रदान गरिरहेका छन् भने इन्टरनेट सेवाप्रदायकमा दुई दर्जनभन्दा बढी कम्पनी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.