२५ बैंकले कमाए ४३ अर्ब

२५ बैंकले कमाए ४३ अर्ब

काठमाडौं : आर्थिक वर्ष २०७३/०७४ मा २५ वटा वाणिज्य बैंकले ४३ अर्ब १० करोड ५० लाख रुपैयाँ कमाएका छन् । यो नाफा अघिल्लो आवमा ती बैंकले गरेको नाफाको तुलनामा करिब २५.६६ प्रतिशत बढी हो । गएको आवका २५ वटा वाणिज्य बैंकले ३४ अर्ब ३० करोड २७ लाख नाफा गरेका थिए । बैंकहरूले अत्यधिक कर्जा प्रवाह गरेका कारण उनीहरूको ब्याज आम्दानी बढ्दा नाफामा सहयोग पुगेको बैंकरले बताएका छन् । ‘पुँजी वृद्धिपछि बैंकहरूमाथि व्यावसायिक दायरा बढाउने दबाब थियो', नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले भने, ‘त्यसले बैंकको नाफा बढ्नमा सहयोग पुगेको हो ।'

भूकम्प र नकाबन्दीका कारण अधिक तरलता खेपीरहेका बैंकहरूले त्यसपछिका दिनमा लगानी बढाउँदा नाफा बढ्न थालेको हो । वित्तीय क्षेत्रको नाफा बढ्नुको श्रेय राम्रो र क्षमतावान जनशक्तिमा जाने अध्यक्ष शाहले बताए । ‘बर्सेनि नाफा बढ्दै जानु यस क्षेत्रका लागि सकरात्मक र आम जनताको विश्वास जित्दै जानु हो', उनले भने । उनका अनुसार पछिल्लो समय लगानीका क्षेत्र विस्तार हुँदै जानुले पनि नाफा बढ्न सहयोग पुगेको हो । कृषि, ऊर्जा, उत्पादनमूलक, हायर पर्चेज, घरजग्गा, अटोलगायतका कर्जा बढ्दै गएको छ ।

आर्थिक वर्ष सुरु भएदेखि अन्तिमसम्म उत्तिकै कर्जा प्रवाह गर्न सकेको भए नाफा अझ बढ्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘पहिलो ६ महिनाबाटै क्रेडिट क्रन्चका कारण बैंकहरूले लगानी गर्न सकेनन् उनले भने, ‘ मागअनुसारको कर्जा प्रवाह गर्न सकिएको भए बैंकहरूले राम्रै कमाउने थिए । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्य अपरिस्कृत वित्तीय विवरणअनुसार चारवटा बैंकको नाफा तीन अर्बभन्दा माथि छ ।

नबिल, नेपाल इन्भेस्टमेन्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफा तीन अर्बभन्दा माथि पुगेको हो । सरकारी स्वामित्वका दुई बैंकसँगको प्रतिस्पर्धामा निजी बैंक थपिएका छन् । अघिल्लो वर्षसम्म तीन अर्ब नाफा नघाउन नसकेका बैंकहरूले पुँजी वृद्धिसँगै लगानी बढाएका कारण नाफा पनि वृद्धि भएको हो । गएको वर्ष कृषि विकास बैंकको नाफा पौने तीन अर्ब पुगेको छ भने ग्लोबल आईएमई बैंकको नाफा पनि दुई अर्बभन्दा माथि छ ।

बैंकहरूले अत्यधिक कर्जा प्रवाह गरेका कारण उनीहरूको ब्याज आम्दानी बढ्दा नाफामा सहयोग पुगेको हो ।

वित्तीय विवरण आएका बैंकहरूको नाफा आधाभन्दा माथि छ । २८ वाणिज्य बैंकमध्य हालसम्म २५ वटा वाणिज्य बैंकले गएको आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गएको आवमा आक्रमक ढंगबाट लगानी वृद्धि गरेपछि नाफा पनि बढेको बैंकर्सको भनाइ छ । अघिल्लो आवमा दुई अर्ब ८१ करोड नाफा कमाएको नबिल बैंकको नाफा २८.४२ प्रतिशतले बढेर गएको वर्ष तीन अर्ब ६२ करोड पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि दुई अर्ब ३५ करोडबाट बढेर तीन अर्ब आठ करोड पुगेको छ ।

नेपाल इन्भेस्मेन्ट र नेपाल बैंकले गएको वर्ष तीन १६ करोड नाफा गरेको छन् । कृषि विकास बैंकले नाफा अघिल्लो आवको तुलनामा ३१ करोड तीन लाखले बढेर दुई अर्ब ७७ करोड पुगेको छ । यस्तै ग्लोबल आईएमईले पनि यस वर्ष ४७.४५ प्रतिशतले नाफा बढाएर दुई अर्ब तीन करोड ८१ लाख पुर्‍याएको छ । हिमालयन बैंकको नाफा पनि दुई अर्ब नाघेको छ ।

प्रभु एनएमबी, एनआईसी एसिया, प्राइम कमर्सियल, सिटिजन बैंक इन्टरनेसनल तथा सिद्धार्थ बैंकले नाफा अघिल्लो वर्ष र गएको वर्ष अर्ब माथि नै छ । यस वर्ष अर्ब नाफा गर्न गरेर अर्ब कमाउने बैंकको सूचीमा प्राइम कमर्सियल, एनएमबी, प्रभु सानिमा, लक्ष्मी, एनआईसी एसिया, स्याडन्र्ड चार्टर्ड, एसबीआई, एभरेस्ट र सनराइज बैंकले पनि गएको आवमा भने अर्बभन्दा माथि मुनाफा गरेका छन् ।

गएको वर्ष अर्बभन्दा कम नाफा कमाउने बैंकमा मेगा, जनता, कुमारी बैंक भने थोरै नाफा कमाउने बैंकमा परेका छन् । जनता बैंकले ६४ करोड नाफा कमाएको छ भने मेगा बैंकले ७९ करोड आर्जन गर्दा कुमारी बैंकले ७० करोड नाफा आर्जन गरेको छ । सिभिल बैंक, एनसीसी बैंक र सेन्चुरी बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.