वल्र्डलिंक सुरु गर्यो सुरक्षित इन्टरनेट सेवा
काठमाडौं: वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवा सुरुवात गरेको छ।
यसले अभिभावकलाई वल्र्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्न योग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्तालाई कुन समयमा कस्ता नियन्त्रण सामग्रीको छनोट गर्ने भन्नेबारे अनुमति दिने गर्छ।
यो सेवा वल्र्डलिंकका ग्राहकका लागि निःशुल्क प्रदान गरिनेछ। सेफनेटको सेटिङ र कन्ट्रोल वल्र्डलिंकको ग्राहक पोर्टल अथवा माई वल्र्डलिंक एप्सबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
सेफनेटमा बच्चाको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने, डिभाइसलाई नकारात्मक प्रभाव पार्ने वेबसाइट ब्लक गर्ने, वेबसाइट ब्राउजिङ गर्दा विज्ञापन फिल्टर गर्ने, वयस्क सामग्रीलाई पूर्ण रूपमा बन्देज गर्ने, फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने, आफ्नो समय तालिकाअनुसार वेबसाइट अन र अफ गर्ने, विशेष वेबसाइट वा डोमेन ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्नेजस्ता सुविधा छन्।
यो सेवा नेपाली बजारमा अभ्यासका रूपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको कम्पनीले जनाएको छ।