सेभ द चिल्ड्रेनले पायो ओपो मोबाइल
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको पहिलो साप्ताहिक विजेता सेभ द चिल्ड्रेन सिंनामगलले ओपो मोबाइल(एथ्री एक्स) उपहार प्राप्त गरेको छ।
शुक्रबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित एक समारोहमा ओपोका सेल्स म्यानेजर कारमेलो र ब्रान्ड असिस्टेन्ड म्यानेजर ज्योति भण्डारीले विजेता सेभ द चिल्डेनका कर्मचारी धनीराम चौधरीलाई हस्तान्तरण गरेका हुन्।
बिहीबार भएको पहिलो साप्ताहिक लक्की ड्रबाट अन्नपूर्णको बार्षिक ग्राहक बनेको रसिद न. १०२४÷८१ रहेको सेभ द चिल्डेन सिंनामंगल बिजेता बनेको हो। बिजेता बनी उसले ओपोको मोबाइल फोन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर जितेको छ।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्ना साथ हातहातै उपहारै उपहार पाउने छन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्ट्को तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्र्डरल्याण्डको १५ सय रुपैयाँको भौचर(जहाँ रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आईएनआई सिनेमाको मूभी भौचर पाउने छन्। यो नलिए उनीहरूले छनोट पनि गर्न पाउँछन। जसमा नगद ५ सय देखि ३४ सयसम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मूभीभौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फो सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउने छन्। मासिक पुरस्कारमा वासिङ मेसिन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउने छन्। यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। ४ महिनासम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !