चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न तेस्रो चरणको निर्वाचन भयरहित बनाउने उदेश्यलेले सेना परिचालनका लागी सरकारलाई स्वीकृत दिएकी छन । राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रीपरिषदको सेना परिचालन सम्वन्धी निर्णयलाई राष्ट्रपति भण्डारीले विहिवार स्वीकृति दिएकी हुन ।


राष्ट्रिय सुरक्षा परिषदले भदौ ४ गते गरेको सिफारिसका आधारमा भदौ ५ गतेको मन्त्रीपरिषदको वैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले असोज २ गतेका लागी प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । राष्ट्रपति भण्डारीले तेस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न संविधानको धारा ६६को उपधारा(२) बमोजिम स्विकृत प्रदान गरेकी हुन ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना अनुशार सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयनात्मक रुपमा परिचालन गर्न राष्ट्रिपति भण्डारीले सेना परिचालनको अनुमति दिएकी हुन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.