टेलिकमको खुद मुनाफा १५ अर्ब

टेलिकमको खुद मुनाफा १५ अर्ब

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा ४४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको टेलिकमको खर्च २४ अर्ब ३६ करोड रुपैयाँ छ । टेलिकमले खर्च कटाएर गत आवमा १५ अर्ब एक करोड रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ । गत आवको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा पुगेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सञ्चार मन्त्रालयमा प्रस्तुत गरेको वित्तीय विवरणमा उल्लेख छ ।

बजारमा अग्रणी स्थान कायम गर्न सफल टेलिकमको आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानी हालसम्मकै धेरै हो । टेलिकमले बजार हिस्सा र आम्दानी अनुपात बढाउँदै गएको जानकारी दिएको छ । टेलिकमको सेयर पुँजी १५ अर्ब रुपैयाँ छ ।

टेलिकमको वृद्धिदर झिनो देखिए पनि प्रतिस्पर्धी सकारात्मक भएको बताइएको छ । टेलिकमको आम्दानी आव २०७२/७३ मा ४४ अर्ब २१ करोड रुपैयाँ थियो । टेलिकमको खर्च गत आवभन्दा आव २०७२/७३ मा एक अर्ब ६२ करोड रुपैयाँ बढी देखिएको छ । टेलिकमले गतवर्ष १५ अर्ब खुद मुनाफा गर्न सफल भएकोमा आव २०७२/०७३ मा यस्तो नाफा १३ अर्ब २७ करोड रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी गतवर्षको तुलनामा ८८ दशमलव ४७ प्रतिशत बढी रहेको देखिएको छ ।


दैनिक ६ हजार नौ सय नयाँ ग्राहक

टेलिकमको नयाँ प्रयोगकर्ताका रूपमा गतवर्ष जीएसएम मोबाइलमा मात्रै दैनिक ६ हजार नौ सय ग्राहक थपिएका छन् । टेलिकमले जारी गरेको तथ्यांकअनुसार गत आवमा टेलिकम सिमकार्ड प्रयोगकर्ता २५ लाख १९ हजार नौ हजार थपिएका थिए ।

 

२२ अर्ब लगानी थपिँदै

टेलिकमले चालू आवमा २२ अर्ब रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको छ । पूर्वाधार विस्तार तथा सेवाको गुणस्तर वृद्धिमा लगानीको १७ प्रतिशत थप गर्ने लक्ष्य लिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले यस वर्ष गर्ने लगानी तथा सेवाको गुणस्तरबाट कम्पनीको आम्दानी ४९ अर्ब पुर्‍याउने योजना अगाडि सारेको छ ।

यो संख्या टेलिकमले लिएको वार्षिक लक्ष्यको एक सय पाँच प्रतिशतले वृद्धि भएको उल्लेख छ । टेलिकमले वार्षिक २३ लाख ८० हजार ग्राहक थप्ने उद्देश्य राखेको भए पनि २५ लाख १९ हजार नयाँ प्रयोगकता थपिएका हुन् ।


टेलिकमको गतवर्षको आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानी हालसम्मकै धेरै हो ।

आव २०७२/७३ सम्म एक करोड २७ लाख मोबाइल प्रयोगकर्ता रहेकोमा गतवर्ष १९ दशमलव ६८ प्रतिशतले बढेर एक करोड ५३ लाख पुगेको तथ्यांकले देखाएको छ । यो अवधिमा सीडीएमएका ग्राहक वार्षिक तीन दशमलव ८८ र ल्यान्डलाइन प्रयोगकर्ता एक दशमलव २५ प्रतिशतले बढेका छन् । अघिल्लो वर्षसम्म टेलिकमका कुल ग्राहक संख्या एक करोड ५० लाख थिए । गत आवमा १७ दशमलव २३ प्रतिशतले बढेर एक करोड ७६ लाख पुगेको टेलिकमले जनाएको छ ।

टेलिकमले आम्दानी बढाउन र दीर्घकालीन लाभका लागि विभिन्न तीनवटा जलविद्युत् कम्पनीमा लगानी गरेको छ । कम्पनीले निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा ६ प्रतिशत, ३७ मेगावाटको त्रिशूली थ्री ‘बी' मा ३० प्रतिशत र नेपाल विद्युत् विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको छ ।

३५ अर्ब २९ करोड लागतको माथिल्लो तामाकोसीमा ६ प्रतिशतले हुन आउने ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । त्रिशूली थ्री ‘बी'मा जम्मा लागत आठ अर्बको ३० प्रतिशत लगानी गरको उल्लेख छ । ९२ प्रतिशत सरकारी लगानी रहेको यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।

टेलिकमको पाँच वर्षको आर्थिक विवरण

आर्थिक विवरण (रु. अर्बमा) ०७३/७४ २०७२/७३ ०७१/७२ २०७०/७१ २०६९/७०


कुल आम्दानी ४४.८३ ४४.२१ ४४.६४ ३९.६७ ३८.८६
कुल खर्च २४.३६ २५.९८ २२.६३ २४.२४ २३.७३
खुद मुनाफा १५.०१ १३.२७ १४.५५ ११.५७ ११.३
प्रति सेयर आम्दानी (रु.मा) १००.११ ८८.४७ ९७.०४ ७७.१२ ७५.३३
तथ्यांक स्रोत : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.