बाढीले १५ करोडभन्दा बढीको खाद्यान्न नष्ट

बाढीले १५ करोडभन्दा बढीको खाद्यान्न नष्ट

गौर : बाढीका कारण रौतहट सदरमुकाम गौर डुबानमा पर्दा १५ करोड रुपैयाँभन्दा बढीको खाद्यान्न नष्ट भएको छ । लामो समय गौरमा बाढी नआएको र भण्डारणमा जोखिम नहुने भन्दै बिमा नगरेका कारण सर्वसाधारणले बढी क्षति बेहोर्नुपरेको हो । गौर सदरमुकामा रहेका करिब दुई दर्जनभन्दा बढी खाद्य भण्डार तथा मिलमा भण्डारण गरी राखिएको चामल, दाल, तोरी, मुसुरो, रहर दाल, आलस, गहुँ, मकै, धानलगायतको खाद्य सामग्री डुबानमा परेर नष्ट भएको हो ।

गौरमा रहेको श्यामा श्री दाल मिलमा भण्डारण गरी राखिएको करोडौं रुपैयाँको दाल बाढीले नष्ट गरेको छ । बाढीका कारण गौरमा रहेको अधिकांश खाद्यान्न गल्ला भण्डारका गोदाम भत्किएका छन् ।

खाद्यान्न कुहिएर गन्हाउन थाले पनि व्यापारीलाई कहाँ फ्याँक्ने भन्ने चिन्ताले सताएको छ । चाडबाड नजिकिँदै गर्दा गौरका व्यापारीले ठूलो परिमाणमा ऋण लिएरै खाद्यान्न भण्डारण गरेका थिए । गौरमा रहेको लक्ष्मी गल्ला भण्डारमा रहेको मुसुरो, तोरी, धान, गहुँ, मकै, आलसलगायत भण्डारण गरी राखिएको खाद्यान्न पूर्ण रूपमा क्षति भएको छ ।

 

बाढीले आफ्नो उद्योगमा ९० लाख रुपैयाँको क्षति भएको लक्ष्मी गल्ला भण्डारका सञ्चालक गोपालप्रसाद अग्रवालले बताए । घरखेत बंैकमा धितो राखेर ऋण लिई सामान किनेको र सबै नष्ट हुँदा सुकुमवासी हुने अवस्था आएको उनको भनाइ छ । उनको गोदाम बाढीले भत्किाएको थियो । सरकारले बैंकको ऋण माफी दिनुपर्ने अथवा १० वर्षसम्म ब्याज मिनाहा गरिदिनुपर्ने उनको माग छ ।

खातापाता बिलबिजकसमेत बाढीबाट नष्ट हुँदा कोसँग कति लिने, कसलाई कति दिने भन्नेमा अन्योल रहेको व्यवसायीले बताएका छन् । ‘धेरै व्यापारीसँग कुनै हिसाबकिताब छैन', उद्योग वाणिज्य संघ गौरका संयोजक देवप्रयाग गुप्ताले भने, ‘बिलबिजक सबै नष्ट भएपछि यस्तो भएको हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.