लक्ष्मी र निर्मलको चासोक तङनाम

लक्ष्मी र निर्मलको चासोक तङनाम

गायक निर्मल सुब्बा र गायिका लक्ष्मी योङ्हाङले स्वर दिएको लिम्बू भाषाको गीत ‘चासोक तङनाम’को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राई, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रूपा आङबुहाङ, लेखक हर्क योङ्हाङ, कलाकार भीम तुम्बाहाङ्फेलगायतले लिम्बु भाषामा आधारित सो भिडियोका प्रशंसा गरेका थिए ।

भिडियोमा लिम्बू कला, संस्कृतिलाई समेटिएकाले उत्कृष्ट बनेको प्रतिक्रिया सहभागीको थियो । निर्देशक लोकेन साँवाले भिडियोबारे कार्यक्रममा चर्चा गरेका थिए । यस म्युजिक भिडियोमा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, शैलेन्द्र थेवे, निर्मल सुब्बा, खुश्बु चेम्जोङलगायतले मोडलिङ गरेका छन् ।

‘तरेमे चासोक तङनाम ओ चुमिरो’ बोलको गीतका हर्क योङहाङको शब्द र अशोक लोहरुङ राईको संगीत समेटिएको छ । भिडियोको नृत्य निर्देशक दिनेश माङ्गमुले गरेका हुन् । डीभीडी प्रकाशन गरेर त्यसको बिक्रीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.