मोटरसाइकल छाडेर कारमा सरर

मोटरसाइकल छाडेर कारमा सरर

कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदीका सरोज थापाले गत वर्ष हुन्डेईको मेगना आई १० ब्रान्डको कार किने । शिक्षण पेसामा संलग्न उनी यसअघि मोटसाइकल चढ्थे ।
.....
खुसिबुँ नयाँबजारका रवीन्द्र सायमीले पनि केही महिनाअघि मात्र घरमा नयाँ कार भित्याए । काठमाडौंमा मोटरसाइकल चढ्दा हुने धूँवा-धूलोको दिग्दारीबाट मुक्त हुन उनले कार छनोट गरेका हुन् ।

 

 

bhumishwor थापा र सायमी त यहाँ प्रतिनिधि मात्र हुन् । अहिले मोटरसाइकलबाट ‘अपग्रेड’ भएर कार चढ्नेहरूको जमात बढ्दो छ । धूलोधूवाँ, हावाहुरी, हिउँदवर्षा जस्तोसुकै समयमा सजिलै, सुरक्षित रूपमा गन्तव्यसम्म पुगिने भएकाले मोटरसाइकलबाट अपग्रेड हुने माध्यम अहिले कार बनेको व्यवसायी बताउँछन् । त्यसमा पनि मोटरसाइकलबाट अपग्रेड हुनेमध्ये धेरैको रोजाइमा इन्ट्री लेभलका कार पर्छन् ।

‘काठमाडौंको धूलोधूवाँ, प्रदूषणलगायतबाट बच्ने एउटै उपाय मैले कार नै देखेँ’, गागलफेदीका थापाले भन्छन्, ‘सडकमा सबैभन्दा पीडित मोटरसाइकल चालक नै हुन्, सबैभन्दा पहिले धूलोधूवाँ र प्रदूषणले आक्रमण गर्छ ।’ हुन त थापाको जस्तै कार किन्न सक्ने क्षमता सबैको हुन्न । ‘तैपनि मध्यमवर्गीय परिवारका लागि अब कार त्यति ठूलो कुरा रहेन, सुरुमा सेकेन्ड ह्यान्डका कार किन्न सकिन्छ’, उनको सुझाव छ ।

थापाको कुरामा सायमी पनि सहमत छन् । उनले पनि यहाँको धूलाधूवाँ र प्रदूषणबाट जोगिने उपायका रूपमा कारलाई रोजेका हुन् । काठमाडौंजस्तो प्रदूषणयुक्त सहरमा अब कारको विकल्प नरहेको उनको भनाइ छ । त्यसका लागि सरकारले सहुलियतका लागि विभिन्न योजना ल्याउनुपर्ने उनको सुझाव छ । त्यसो भयो भने मात्र सर्वसाधारणको कार चढ्ने सपना पूरा हुने उनको भनाइ छ । ‘काठमाडौंजस्तो प्रदूषणयुक्त सहरमा अब कारको विकल्प छैन’, उनी भन्छन्, ‘तर, सबैको पहुँचमा कार पुग्दैन । यसमा सरकारले राजस्वलगायत कुरामा सहुलियत दिएर सहयोग गर्नुपर्छ ।’ यससँगै सडकको उपलब्धता पनि सहज हुनुपर्ने उनको भनाइ छ ।

हुन त अहिले सरकारले काठमाडौंलगायत सहरी क्षेत्रमा सडक फराकिलो बनाउने कामलाई तीव्रता दिएको छ । तर यो पर्याप्त छैन । व्यवस्थित सहरीकरण नहुँदा सडक विस्तारमा समेत समस्या छ । ‘त्यसैले सडकलगायत पूर्वाधारको पर्याप्त व्यवस्था गरेर व्यवस्थित सहरीकरण गर्नुपर्छ’, उनी थप्छन्, ‘यसो भयो भने मानिस समयमै गन्तव्यसम्म पुग्न सक्छन् । अन्यथा एक घन्टामा पुगिने ठाउँमा जान दिनभर लाग्न सक्छ ।’

 

बाइकबाट अपग्रेड हुन यी कार उपयुक्त हुन सक्छन्

नाडा अटो सोका अवसरमा विभिन्न कम्पनीले इन्ट्री लेभलका कारलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखेका छन् । इन्ट्री लेभलका कारमा फियाट कम्पनीको पुन्टो प्योर पनि पर्छ । पेट्रोल भर्सनमा उपलब्ध यो कारको मूल्य २२ लाख ९० हजार रुपैयाँ छ । १२ सय सीसी क्षमतामा उपलब्ध यो कार मोटरसाइकलबाट अपग्रेड हुन चाहनेहरूका लागि उपयुक्त छ । यसैगरी हुन्डाईको इओन डिलाइट पनि मध्यमवर्गीय परिवारका लागि रोजाइ बन्न सक्छ । १७ लाख ५६ हजार रुपैयाँमा यो कार उपलब्ध छ । पेट्रोल भर्सनमा उपलब्ध यो कार ८१४ सीसी क्षमताको हो । यसैगरी सुजुकीको अल्टो ८०० पनि इन्ट्री लेभलका कार हो । आठ सय सीसी रहेको पेट्रोल भर्सनमा उपलब्ध यो कारको मूल्य १५ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

टाटाको इन्डिका ई सेटा जीएलएक्स कार पनि मध्यमवर्गीय परिवारलाई लक्ष्य गरी ल्याइएको हो । १९ लाख ९५ हजार रुपैयाँ पर्ने यो कार पनि पेट्रोल भर्सनमा उपलब्ध छ । ११९२ सीसीको यो कार पनि इन्ट्री लेभलको हो । बजारमा रेनल्टको क्विड पनि छ । १६ लाख ९० हजार रुपैयाँ मूल्यको पेट्रोल भर्सनको यो कार आठ सय सीसी क्षमताको हो ।

यसैगरी २१ लाख ४५ हजार रुपैयाँ मूल्यको कियाको पिकान्टो एलएक्स १ पनि सार्वजनिक भएको छ । पेट्रोल भर्सनमा उपलब्ध यो कारको १२ सय सीसी क्षमता छ । इन्ट्री लेभलका कारमध्ये फोर्ड फिगो पनि पर्छ । २२ लाख रुपैयाँ पर्ने पेट्रोल भर्सनको योग कार पनि १२ सय सीसी क्षमतामा उपलब्ध छ । डाट्सन रेडी गो पनि कम मूल्यमा कार चाहनेहरूका लागि गतिलो रोजाइ बन्न सक्छ । किनभने, १३ लाख ९९ हजार रुपैयाँ मूल्यमा यो कार उपलब्ध छ । पेट्रोल भर्सनमा उपलब्ध यो कार आठ सय सीसी क्षमताको हो ।

डाट्सनले बजारमा उपलब्ध गराएका कार बाइकको विकल्प बन्दै गएको डाट्सन गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटर कर्प प्रालिका सिनियर सेल्स प्रमुख विपीन बस्नेतले बताए । ‘हामीले उपलब्ध गराएका सबै कार इन्ट्री लेभलअन्तर्गत नै छन् । त्यसैले यी सबै मोटरसाइकलबाट अपग्रेड हुनेहरूका लागि उपयुक्त छन् । मध्यमवर्गीय नेपालीले किन्न सक्ने भएकाले डाट्सनका गाडी लोकप्रिय रहेको उनको भनाइ छ।

रेनल्टका गाडी पनि मध्यमवर्गीय उपभोक्ता सुहाउँदा रहेको नेपालका लागि रेनल्ट गाडीको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिका जनरल म्यानेजर अधिकुमार श्रेष्ठले बताए । कम्पनीले नेपाली बजारमा तीन मोडलका कार बिक्री गर्दै आएको उनको भनाइ छ । नेपालीहरूको क्रयशक्तिलाई दृष्टिगत गरी बजारमा रेनल्टका विभिन्न प्रडक्ट सार्वजनिक गरिएको उनले जानकारी दिए ।

इन्ट्री लेभलका गाडी नेपाली बजारमा १३ लाख रुपैयाँदेखि नै उपलब्ध छन् । भृकुटीमण्डपमा जारी नाडा अटो सोमा अझ विशेष छुटमा पाउन सकिने व्यवसायीहरूको भनाइ छ । अटो सोमा विभिन्न कम्पनीले इन्ट्री लेभलकै कारमा एक लाख रुपैयाँसम्म छुट दिइरहेका छन् । त्यतिमात्र होइन, उनीहरूले मर्मत, इन्सुरेन्स, बैंकिङ सुविधालगायत सेवा पनि उपलब्ध गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.