मेक्सिकोको भूकम्पबाट नौ व्यक्तिको मृत्यु
मेक्सिको सिटी: मेक्सिकोमा बिहीबार गएको ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट नौ व्यक्तिको मृत्यु भएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ। यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन।
त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले जानकारी दिएका छन।
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ।
उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ। आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन। शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ।
प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ। क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको हालसम्मको समाचारअनुसार कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ।
त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ। रासस/सिन्ह्वा