ऐनपश्चात सहकारी व्यवसायिक बन्ने

ऐनपश्चात सहकारी व्यवसायिक बन्ने

ललितपुर : सांसद ओमदेवी मल्लले सहकारी ऐन आएपश्चात सहकारी व्यवसायिक बन्ने बताएकी छिन् । सहकारी ऐनको अन्तिम तयारी भएको भन्दै सांसम मल्लले ऐनपछि सहकारी बचतमा मात्र केन्द्रीत नभई उत्पादन र व्यवसायमा केन्द्रीत हुने बताइन् ।

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभाको अवसरमा बोल्दै सांसद मल्लले तीन वर्ष लगाएर तयार पारेको नयाँ सहकारी ऐन छिट्टै आउने तयारीमा रहेको र त्यसले सहकारी अभियानको ८० प्रतिशतभन्दा बढी भावना समेट्न सकेको बताइन् । नयाँ ऐनमा १५ प्रतिशत सेयर लाभांशलाई बढाएर १८ प्रतिशत पुर्‍याइएको उनको भनाई थियो । त्यस्तै २० प्रतिशत करलाई झारेर नगरमा पाँच प्रतिशत, उपमहानगरमा ७ प्रतिशत र महानगरमा १० प्रतिशत कर लाग्ने व्यवस्था ऐनमा समावेश गरिएको मल्लले जानकारी दिइन् ।

 

त्यस्तै सेयर पुँजीको १० गुणाभन्दा बढी बचत राख्न नपाइने गरिएको प्रस्तावलाई बढाएर १५ गुणासम्म पुर्‍याइएको उनले बताइन्। ‘संभवतः असोज ४ गते हुने संसदमा ऐन संसदको कार्यसूचीमा राखिनेछ' उनले भनिन् ।

मल्ले दिगो विकास लक्ष्य प्राप्ति सहकारीबाटै सम्भव भएको बताइन् । संयुक्त राष्ट्र संघले अघि सारेका सन् २०१६ देखि २०३० सम्मका १७ वटा दिगो विकासका लक्ष्य सहकारीबाटै सम्भव भएको बताइन् । गरिबी निवारण, रोजगारी सिर्जना गर्न सहकारी अपरिहार्य भएको उनको भनाई थियो ।

‘सहकारी बचत तथा ऋणको कारोबार मात्र होइन, व्यवसायिक बन्न सके मात्र दिगो विकास लक्ष्य प्राप्त गर्न सकिन्छ' उनले भनिन् । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी मूल खम्बा बन्न उत्पादनमा जानुपर्ने आवश्यकता भएको भन्दै उत्पादनतर्फ केन्द्रीत हुन उनले जोड दिइन् ।

राष्ट्रिय सहकारी संघको उपाध्यक्षसमेत रहेकी मल्लले सहकारीमा महिला सहभागिता बढ्दै जानु खुसीको कुरा भएको भन्दै महिला नेतृत्वतहमा आउन जरुरी रहेको बताइन् । ‘सहकारीले महिलालाई आत्मबल प्रदान गर्नुका साथै आर्थिक सशक्तीकरणमा भूमिका खेलेको छ' उनले भनिन् । सहकारी क्षेत्रमा महिला सहभागिता ५१ प्रतिशत पुगेको र सहकारीले सञ्चालन गरेका सहकारी पनि सफल भएको उनको भनाई थियो । ‘नेतृत्वतहमा महिला सहकारीकर्मी पुग्न जरुरी छ, अब महिलाले आरक्षण, सहभागिता भन्दा पनि नेतृत्व लिन ध्यान दिनुपर्छ' उनले जोड दिइन् ।

कार्यक्रममा बोल्दै थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष लक्ष्मीतारा डंगोलले संस्थाको शेयर पुँजी ७५ लाख पुगेको जानकारी दिनुभयो । संस्थाले गत वर्ष १८ लाख ६५ हजार २ सय ३ रुपैयाँ कूल नाफा तथा १२ लाख ७५ हजार ९सय ६ रुपैयाँ खुद मुनाफा गरेको छ । संस्थाले ५ करोड ११ लाख ११ लाख ३४ हजार ९ सय ९१ बचत संकलन गरी ५ करोड ३ लाख ३९ हजार ऋण लगानी लगानी गरेको छ । संस्थाका सेयर सदस्य २०५८ जना पुगेका छन् । कार्यक्रमा विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.