पाँच सहकारी एकीकरण हुँदै

पाँच सहकारी एकीकरण हुँदै

काठमाडौं : काठमाडौंमा सञ्चालित पाँचवटा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु एकीकरण हुने भएका छन् । सहभागिता सकोस, आमा साकोस, जीविकोपार्जन साकोस, पिसल्यान्ड साकोस र शिक्षा साकोस एकीकरण गर्ने सैद्वान्तिक सहमति जनाएका छन् ।

 

आइतबार सम्पन्न संयुक्त छलफलपश्चात सहकारी एकीकरण गर्ने सहमति भएको पिसल्यान्ड साकोसका अध्यक्ष नवराज अर्यालले जानकारी दिए । वित्तीय क्षमता, प्रभावकारी सञ्चालन, प्रतिष्पर्धात्मक स्थान, कर्मचारीको सन्तुष्टी र सदस्यको गुणस्तरीय जीवनका लागि एकीकरण प्रक्रिाया सुरु गरिएको अर्यालले जानकारी दिए।
एकीकरणका लागि सहभागिता साकोसका अध्यक्ष परितोष पौड्याल, आमा साकोसका अध्यक्ष रामबाबु कटुवाल, जीविकोपार्जन साकोसका अध्यक्ष सीता ढुंगाना, पिसल्यान्ड साकोसका अध्यक्ष नवराज अर्याल, शिक्षा साकोसका अध्यक्ष शरद वाग्लेबीच हस्ताक्षर भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.