उपभोक्ता अधिकारप्रति सचेत हुँदै व्यापारी

उपभोक्ता अधिकारप्रति सचेत हुँदै व्यापारी

बैतडी : पछिल्लो समय बैतडीको सदरमुकामका व्यापारी उपभोक्ता अधिकारबारे सचेत हुँदै गएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको नियमित अनुगमनका क्रममा व्यापारी उपभोक्ता अधिकारबारे सचेत हुँदै गएको पाइएको हो। म्याद नाघेका सामग्री बिक्री गर्नुहुन्न भन्ने भावनाको विकास व्यापारीमा आउन थालेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए।

 

‘बुधबारमात्रै हामीले सदरमुकामको गढी र गोठलापानीको ३५ पसलमा अनुगमन गर्‍यौं। अनुगमनका क्रममा करिब एक हजार पाँच सय सामान म्याद नाघेका पाइएको थियो। पहिला अनुगमन गर्दा यसै क्षेत्रमा एकै दिन ३० हजारभन्दा बढीका म्याद गुज्रिएका सामग्री भेटिएका थिए। यसले व्यापारी र उपभोक्ता दुवै सचेत भएको संकेत गर्छ', उनले भने।

दसैंतिहारका बेला हुन सक्ने कालोबजारी, महँगी र म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। ‘पहिलाजस्तो म्याद गुज्रेका सामग्री फेला परेका छैनन्। तर स्थानीय तहमा दर्ता गर्ने चलन अझै छैन। नगरपालिकामा पसल दर्ता हुनुपर्ने भए पनि ८० प्रतिशत पसल दर्ता भएका छैनन्', उनले भने।

बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश पसल उद्योग वाणिज्य संघ र घरेलुमा दर्ता भएको भेटिए पनि नगरपालिकामा भने दर्ता नभएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। उनले भने, ‘ नगरपालिकामा दर्ता नभएका पसललाई दर्ताका लागि निर्देशन दिएका छौं।'

विगतको तुलनामा म्याद नाघेका सामग्री कम भेटिएको र भेटिएका पनि भारतबाट आयत सामग्री मात्रै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। झुलाघाटबाट आयात गरिएका सामग्री बढी मात्रामा म्याद गुज्रेको भेटिएको बताइएको छ।

म्याद गुज्रेका सामग्री प्रयोग गर्नुहुँदैन भन्ने विषयको ज्ञान भएकाले म्याद गुज्रेका सामग्री कम पाइएको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए। तर नगरपालिकामा पसल दर्ताका लागि नगरपालिकाले चासो नदिएकाले दर्ता नभएको उनको दाबी छ। ‘नगरपालिकाले पसल दर्ताका लागि पहल गनुपर्ने हो। यस विषयमा कुनै पहल गरेको छैन। नगरपालिकाकै लापरबाहीले पसल दर्ता नभएका हुन्', उनले भने।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.