सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम ३ अर्बमा झर्‍यो

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम ३ अर्बमा झर्‍यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो दिन आइतबार २२ अंकले घटेको नेप्से ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.९८ प्रतिशतले घट्यो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ४ अर्ब  ४४ करोड मूल्य बराबरमा सेयर  कारोबार भएको थियो।

आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि र नेपाल वेयरहाउजिङको सेयर १० प्रतिशतले बढेको हो। कालिञ्चोक दर्शनको सेयर ९.७९ प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ८.४० र ग्लोबल आइएमई ब्यालेन्स फण्डको ८.१३ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड माथिको सेयर कारोबार भयो। कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९० वटा को घट्यो भने ८ वटाको मूल्य भने स्थिर रह्यो।

तीनवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैं‌किङ,होटल्स एन्ड टुरिजम र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकको नकारात्मक देखिएका हुन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.