रसुवागढी नाकामा किन रोकियो सवारी आवागमन ?
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी केही दिनका लागि बन्द गरिएको छ।
नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि नाका बन्द गरिएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २/३ दिनका लागि नाकामा सवारी साधनको आवतजावत बन्द गरिएको हो।
चिनियाँ टोलीले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
४