साउदी अरेबियाले गर्दै पर्यटन पूर्वाधारमा तीव्र विस्तार

साउदी अरेबियाले गर्दै पर्यटन पूर्वाधारमा तीव्र विस्तार
सुन्नुहोस्

साउदी अरेबिया : साउदी अरेबियाले पर्यटन क्षेत्रलाई विश्वकै अग्रणी गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत सन् २०३० सम्म देशभर होटल क्षेत्रको विस्तार गर्ने भएको छ। साउदी सरकारको दृष्टि– २०३० अन्तर्गत १ लाख ५ हजारभन्दा बढी होटलका कोठा थप्ने तयारी गरेको हो। 

सरकारले सन् २०३० सम्म वार्षिक १५ करोड स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ। यही लक्ष्य हासिल गर्न होटल, विश्रामस्थल, मनोरञ्जन केन्द्र, यातायात, विमानस्थल तथा अन्य पर्यटन पूर्वाधारको तीव्र विकास भइरहेको छ। 

पर्यटनसम्बन्धी निकायका अनुसार नयाँ होटल निर्माणसँगै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न होटलदेखि मध्यम र साधारणस्तरका आवासगृहसमेत उल्लेखनीय रूपमा थपिनेछन्। यसबाट विभिन्न आर्थिक अवस्था भएका पर्यटकलाई सहज र गुणस्तरीय आवास उपलब्ध हुनेछ।

साउदी अरेबियाले हाल विश्वकै महत्त्वाकांक्षी पर्यटन तथा विकास आयोजनाहरू सञ्चालन गरिरहेको छ। ती आयोजनामार्फत आधुनिक सहर, समुद्री तटीय पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदा क्षेत्र तथा मनोरञ्जन केन्द्रहरूको विकास भइरहेको छ। साथै, मक्का र मदिनामा धार्मिक यात्रुहरूको निरन्तर वृद्धि भइरहेकाले होटल तथा आवास क्षेत्रमा ठूलो लगानी आकर्षित भएको छ।

विशेषज्ञहरूका अनुसार होटलका कोठा थपिने योजनासँगै होटल व्यवस्थापन, पर्यटन सेवा, निर्माण, यातायात, खाद्य सेवा, सुरक्षा तथा मनोरञ्जनलगायतका क्षेत्रमा हजारौं रोजगारी सिर्जना हुनेछ। यसले तेलबाहेकका अन्य आर्थिक क्षेत्रलाई बलियो बनाउँदै राष्ट्रिय अर्थतन्त्रको विविधीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

साउदी सरकारले पछिल्ला वर्षहरूमा पर्यटक प्रवेश अनुमति प्रणालीलाई सहज बनाउनुका साथै अन्तर्राष्ट्रिय खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना बढाएको छ। यसले विश्वभरका पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ। 
हाल साउदी अरेबियामा लाखौं नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्। पर्यटन तथा आतिथ्य क्षेत्रको विस्तारसँगै होटल सेवा, भोजन व्यवस्थापन, सरसफाइ, भवन मर्मत, सुरक्षा, स्वागत सेवा, चालक, प्राविधिक तथा व्यवस्थापन सहायकजस्ता क्षेत्रमा नेपाली श्रमिकको रोजगारी अझ बढ्न सक्ने अपेक्षा गरिएको छ। यसका लागि नेपाली श्रमिकले भाषा, सीप, आतिथ्य सेवा तथा व्यावसायिक तालिममा ध्यान दिए प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ हुने विज्ञहरूको सुझाव छ।

साथै, साउदी अरेबियामा पर्यटकको आवागमन बढ्दा व्यापार, यातायात, खुद्रा बजार, खाद्य सेवा तथा मनोरञ्जन व्यवसायसमेत विस्तार हुने भएकाले त्यसको प्रत्यक्ष लाभ रोजगारी र आर्थिक गतिविधिमा देखिने विश्वास गरिएको छ। 

विश्लेषकहरूका अनुसार होटल पूर्वाधारमा भइरहेको यो व्यापक लगानीले आगामी दशकमा साउदी अरेबियालाई मध्यपूर्वमात्र नभई विश्वकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। पर्यटन क्षेत्रको तीव्र विस्तार, पूर्वाधार विकास र रोजगारी सिर्जनामार्फत साउदी अरेबिया आर्थिक रूपान्तरणको नयाँ चरणतर्फ अघि बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.